राष्ट्रपति पदका दुवैजनाको उम्मेदवारी कायम
राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली मंगलबार अपरान्ह प्रकाशित भएको छ ।
सबै खाले तथ्याङ्क चोरी हुने खतरा छ : डा. आरजु राणा
नेपाली काँग्रेसका सांसद एवं नेत्री आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ ।
‘प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त’
तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्त्वपूर्ण गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो ।
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।
नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार
नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो ।
विश्व बैंकको सय मिलियन डलर ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता समिति गठन गर्ने
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायकसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ ।
नारायणी नदिमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदिमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
जनमत पार्टी सरकारबाट बाहिरिने अवस्था छैन : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको हो ।
एकीकृत प्रणालीमार्फत सरकारी निकायका सूचना प्राप्त गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताउनु भयो ।
मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री
माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ ।
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।
एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू
सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज (मङ्गलबार) मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।
विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार नाघ्यो
नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजारभन्दा बढी पुगेका छन् । नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म दर्ता भएको तथ्याङ्क अनुसार नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार ८० पुगेको हो । यी मध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन् ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ
काभ्रेपलाञ्चोकलाई राजधानी काठमाडौँसँग जोड्ने अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काममा थप ढिलाइ हुने भएको छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको १६ किलोमिटर सडकखण्ड चालू आर्थिक वर्षबाट सुरु गरिएको हो ।
आठ दलले सङ्घ र प्रदेशमा भेला गर्ने
राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलद्वारा गठित कार्यदलले प्रचार प्रसार सुरु गर्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्व कार्यदलले प्रचार प्रसार तयारी थालेको हो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसालका अनुसार कार्यदलको पहिलो बैठकले फागुन १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग भेटघाटसहित अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी फागुन १९ गते प्रदेशमा भेला गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
मन्त्रीद्वारा कामको सूची सार्वजनिक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सूची सर्वजनिक गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार पत्रकारसँग भेटघाटक्रममा उहाँले अब गर्ने कामको सूची सार्वजनिक गर्नुभएको हो । मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीनमहिने अभियान, नेपाल नागरिक उड्डयन तथा प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी एकाइ निर्माण गर्ने तयारी रहेको जनाउनुभयो ।
प्रज्ञाका आजीवन सदस्यको दोहोरो सुविधा कटौती
नेपाल प्रज्ञाप्रतिष्ठानले अन्य संस्थाबाट पनि मासिक सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यलाई प्रतिष्ठानको तर्फबाट दिइरहेको मासिक सुविधा कटौती गरेको छ । त्यस्तो सुविधा फागुनदेखि रोक्ने निर्णय गरिएको प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भाषासाहित्य, संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई प्रतिष्ठानले आजीवन सदस्यता प्रदान गर्छ । यस्ता सदस्य २२ जना छन् । आजीवन सदस्यले अन्य क्षेत्रबाट सेवानिवृत्त भएपछि पाइरहेको सुविधाको अतिरिक्त प्रतिष्ठानले उपलब्ध गराउने सुविधा पनि लिइरहेका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले अरूलाई नैतिकता र संस्कारको पाठ सिकाउने प्राज्ञले नै दोहोरो सुविधा लिँदा जनमानसमा नकारात्मक सन्देश गएकाले दोहोरो सुविधा नदिने निर्णय गरिएको बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएका छन्। उहाँले प्रतिनिधि सभामा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
राष्ट्रपतिको निर्वाचन: आदिवासी वा गैरआदिवासीको कुरा गौण
राष्ट्रपति चयनका लागि फागुन २५ गते हुने निर्वाचनका लागि संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
कर्मचारीको उमेर हद: साठी वर्षमा सहमति, गणनामा विमति
सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको निश्चित अवधि थपेर ६० वर्ष बनाउने वा एकमुष्ट रूपमा ६० वर्ष बनाउने भन्नेबारेमा मतैक्य हुनसकेको छैन। ऐनमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष बनाउन भने सबै सहमत छन्।
मगर पहिरनमा सजिएका युवतीहरु
आज ४१औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा मगर पहिरनमा सजिएका मगर युवतीहरु ।
प्रज्ञा प्रतिष्ठानका सदस्यहरुको मासिक पारिश्रमिकमा कटौती
नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिइँदैआएको मासिक पारिश्रमिक कटौती गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो ।