चितवन–२ को उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी
आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ ।
सञ्चार क्षेत्रमा कानुन परिवर्तनको खाँचो छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षण गर्नुहुँदै
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्राविधिक टोलीसहित धनुषा र सिरहा जोड्ने कमला पुल निरीक्षणको पुग्नुभएको छ ।
नसाको उपचार छिटो, छरितो र सुरक्षित हुँदैछ: प्रा.डा. मोहनराज शर्मा
“नसासम्बन्धी रोग निको हुँदैन भनेर धेरैजना उपचारको दायरामा आउँदैनन् । नसासम्बन्धी रोग लाग्दैमा आतिहाल्नु पर्दैन समयमा नै उपचारको दायरामा आएमा धेरैजस्ता रोग पूर्णरुपमा निको हुन्छ ।”
पाँच महिनापछिको वर्षाले दियो राहत
हिउँदे याम सकिनु एक दिनअघि काठमाडौँमा वर्षा भएको छ । असोजमा दशैँलगत्तै बाहिरिएको मनसुनपछि यहाँ वर्षा भएको थिएन । झन्डै पाँच महिनापछि काठमाडौँ उपत्यकामा मेघ गर्जनसहित असिनापानी पारेको हो । तर ठूलो वर्षा नभई खाल्डोमा हल्का र डाँडातिर मध्यम स्तरको वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शान्ति प्रक्रिया छिट्टै टुङ्ग्याइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो।
निगमको न्यारो–बडी दुबईमा ग्राउन्डेड
नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको हो। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार बिहान १० बजे काठमाडौँ अवतरण गरिसक्नुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको हो।
रास्वपा केन्द्रीय समिति बैठक आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो।
नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने
कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।
बाटो नै नभएको ठाउँमा पुल बनाउने विरुद्ध मुद्दा दायर
बाटो नै नभएको ठाउँमा पुल बनाएर जनताको करको दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्ठा, सोही मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जहाज निरन्तर भारततर्फ नै डाइभर्ट
गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो ।
पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदै वायोग्यास प्लान्ट
काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ ।
परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै
परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
नृत्य सांस्कृतिक कला केन्द्रको २५ औँ जन्मजयन्ती
नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा सङ्घीयता अतिआवश्यक भएकाले राज्यपुनसंरचना भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ ।
ठूला र उच्च घरानाहरूले सहुलियतपूर्ण ऋण समेत कब्जा गरेका छन्: मेटमणि चौधरी
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलीयपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।
एक हजार बढी सरकारीको स्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामाजिक रूपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ ।
बक्यौता नतिरे उडान तालिका स्वीकृत नहुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ । चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो ।
विभिन्न भेगमा हल्का वर्षा
केही दिनयता देशका विभिन्न भेगमा हल्का वर्षा भएको छ । तीन दिनअघि सुदूरपश्चिम भेगबाट सुरु भएको बदलीसँगै देशका विभिन्न भूभागमा हल्का वर्षा भएको हो । लुम्बिनी र गण्डकी प्रदेश हुँदै हल्का वर्षाको क्रम बागमती प्रदेश र प्रदेश १ सम्म पुगेको छ ।
राष्ट्रपतिका आकाङ्क्षी पाँच, उम्मेदवार दुई
गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।
नेपाललाई ओलीको पत्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाउनुभएको हो।
चिकित्सकले लापरबाही गरेको आरोप
नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि बिरामीका आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।
समन्वय नहुँदा शिक्षक अन्योलमा
दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा
संविधानको पालना गर्नु आफ्नो कर्तव्य हो : उम्मेदवार पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।