सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न
प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित गरिरहने भए तापनि नेपालको सिमानाभित्र नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका अपरिवर्तनीय रहने कुरा बताउनुभएको छ ।
एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
नेकपा (एमाले) ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय
नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
स्थानीय तहसँग समन्वय गरी अघि बढ्नुको विकल्प छैन: मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार योजना तर्जुमादेखि बजेट बनाउनेसम्मको सबै काममा स्थानीय तह सँग समन्वय गरी अघि बढने बताउनु भएको छ ।
फोनिज मधेस प्रदेशले आदिवासी जनजाति सांसदहरूलाई सम्मान गर्दै
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेश कार्य समितिले आज जनकपुरमा मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति सांसदहरूलाई सम्मान गर्ने भएको छ ।
हाजिरीमा १६० गणपूरकमा ५० मात्र
प्रतिनिधि सभाको चालू अधिवेशन प्रारम्भ भएको डेढ महिना भयो। बैठक सङ्ख्याका हिसाबले शुक्रबारको बैठक १२औँ हो। निर्वाचनपछिको पहिलो अधिवेशनको छोटो अवधिमा नै सदनमा गणपूरक सङ्ख्या नपुग्ने पुरानै रोगले भने निरन्तरता पाएको छ। अनुगमन तथा मूल्याङ्कन विधेयकमाथिको विचार गरियोस् प्रस्ताव शुक्रबार पेस गर्दासम्म सदन खाली भएको थियो। सत्तारूढ दलका अधिकांश सांसद अनुपस्थित थिए। प्रतिपक्षका सांसदहरूको उपस्थिति पनि न्यून मात्र थियो। जसको परिणाम शुक्रबार १६० जनाले हाजिर जनाएको प्रतिनिधि सभामा गणपूरक सङ्ख्या यकिनका क्रममा ५० जना मात्र सदनमा उपस्थित हुनुहुन्थ्यो।
एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभएको छ । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्नुभयो ।
राष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज
राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो । काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार बिहान मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार प्रकाशन गरिने जानकारी दिनुभयो ।
वन्यजन्तुले गरायो उठिबास
धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।
आगोमा जलेर पाँचथरमा दुई बालकको मृत्यु
घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ ।
करोडौं पाठकसम्म ठोक्किने डिजिटल प्लेटफर्म नै हो : कार्यकारी अध्यक्ष सुवेदी
गोरखापत्र संस्थानले पहिलो ‘गोरखापत्र डिजिटल डे’ मनाएको छ। शुक्रबार गोरखापत्र अनलाइन डटकम र राइजिङ नेपाल डेली डटकमको संयुक्त आयोजनामा संस्थानले पहिलो ‘डिजिटल डे’ कार्यक्रम गरेको हो।
सार्वजनिक बिदामा सरकारी कार्यालय खोल्ने सरकारको निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।
सन्दीपले विदेश गएर खेल्न नपाउने
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
‘नेपालको राजनीति विदेशीको इसारामा चल्नु हुँदैन’
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
ज्यामिरेमा ज्येष्ठ नागरिकको हत्या
धनकुटाको महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ । हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
चार दलीय बैठक : राष्ट्रपतिमा कांग्रेसले आफ्नो दाबी नछोड्ने
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वाभाविक दाबी गरेको बताउनुभयो ।
घर बहाल समस्या समाधानका उजुरी धेरै
काठमाडौँ महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो ।
एमालेले बोलायो सचिवालय बैठक
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
श्रीमानद्वारा श्रीमतीको हत्या
उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८:३० बजे बस्ने तय भएको छ ।
‘आर्थिक विकास केन्द्रित हुनुपर्छ’
राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र नीति देशको आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। परराष्ट्र नीति प्रभावकारी बनाउँदै देश विकासका लागि भूमिका खेल्न कूटनीतिक क्षेत्रलाई उहाँले आग्रहसमेत गर्नुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहमा बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले परराष्ट्र नीति देशको आन्तरिक नीति पनि भएकाले देशलाई स्वावलम्बी बनाउन प्रभावकारी परराष्ट्र नीतिसँगै सक्षम कूटनीतिक अभ्यास गरिनुपर्ने बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीतिमा व्यापक छलफल गरेर साझा र एकीकृत सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो।
संस्थागत निकायको समन्वय नहुँदा भद्रगोल
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक सुधारमा देखिएको समस्याको पहिचान गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको बिहीबारको नियमित बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो।
राष्ट्रपति निर्वाचन: निर्णायक संवादमा प्रमुख दल
सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्न अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफल तीव्र पारेका हुन्।