• १३ असोज २०८१, आइतबार

श्रीमानद्वारा श्रीमतीको हत्या

blog

साङ्केतिक तस्बिर

भक्तिविलास पोखरेल
गाईघाट, फागुन १२ गते ।
उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमती युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट ३ किलोमिटर टाढा घटनास्थल भएकाले बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमाड्मका लागि बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाएको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्काले बताउनुभयो ।

प्रहरीले श्रीमान विनोद खत्रीलाई नियन्त्रणमा लिएर थप्प अनुसन्धान थालेको छ । विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको अध्यक्ष खड्काले बताउनुभयो ।