• १३ असोज २०८१, आइतबार

ज्यामिरेमा ज्येष्ठ नागरिकको हत्या

blog

कबिराज घिमिरे

हिले, फागुन १२ गते । धनकुटाको महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ । हत्या कसले र किन गर्‍यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । 

बस्नेतको हत्या बिहीबार राति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा रहेको निजी घरमा सुस्त मनस्थिति रहेका भाइसँग बस्दै आउनुभएका बस्नेतको हत्या भएको हो । उहाँका भाइ अर्को कोठामा सुतेको र अर्को कोठामा सुतेका बस्नेतको हत्या भएको पाइएको प्रहरीले जानएको छ ।

शुक्रबार बिहान उहाँ बस्दै आउनुभएको घरमा घाँटीमुनिको भागसहित शव फेला परेको र टाउको करिब १ किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार गरिरहेको र शवको पोष्टमार्टम जिल्ला अस्पताल धनकुटामा गरिने तयारी भइरहेको छ । घटनामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीको भनाइ छ ।