पढ्दै खेती गर्दै भृकुटी विद्यालयका विद्यार्थी
कपिलवस्तुको भृकुटी माध्यमिक विद्यालयले पढाइसँगै कृषि अभ्यासमा जोड दिएको छ । बुद्घभूमि नगरपालिका –४, बुड्ढीको सो विद्यालयले गत २०७३ देखि कृषिको अभ्याससँगै अध्यापन सुरु गरेको हो ।
कान्ति लोकपथ चैत १० गतेसम्म बन्द हुने
हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारको लागि बन्द हुनेभएको छ । आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुनेभएको हो ।
प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधान्यायाधीश कार्की
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने बताउनुभएको छ । कामु प्रधानन्यायाधीशसँग आज संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिसँगको भेटवार्तामा उहाँले न्यायालयको छविलाई माथि उठाउन कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताउनुभएको हो ।
क्रिकेटर लामिछाने विदेशी भूमिमा क्रिकेट खेल्न पाउने
क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने हुनुभएको छ । सर्वोच्च अदालतले आज सोमबार उहाँको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उहाँले खेल खेल्न पाउने हुनुभएको हो ।
लडेर एक व्यक्तिको मृत्यु
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक जना व्यक्तिको लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका ६१ वर्षीय पृथ्वीबहादुर लिम्बूको लडेर मृत्यु भएको हो ।
२ करोड ७० लाख लगानीको कम्पोष्ट प्लान्ट भएन सञ्चालन
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।
स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा
भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा शुभारम्भ भएको छ । दुई करोड ७४ लाख ४० हजार रुपियाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो ।
रुकुम (पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा
रुकुम (पूर्व) मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो ।
नेप्सेमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज (सोमबार) नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।
लुम्बिनीमा पनि सत्ता समीकरण फेरबदल हुन सक्ने
राष्ट्रपति निर्वाचनको सन्दर्भमा सङ्घमा भएको सत्ता समीकरण फेरबदलको असर लुम्बिनी प्रदेश सरकारमा पनि पर्न थालेको छ । लुम्बिनी प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी तत्कालीन माओवादीसहितको गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्रीसमक्ष एमालेका मन्त्रीद्वारा राजीनामा पेस
नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।
चरन क्षेत्रको अभावले मह उत्पादन घट्यो
पूर्वी नवलपरासीमा मौरीपालन व्यवसायमा युवाहरुको सङ्ख्या बढ्दैगएको छ । तर माहुरीको चरन क्षेत्र अभावले मह उत्पादनमा ह्रास आएको छ । नेपाल मौरीपलक संघ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ । उत्पादनअनुसार महले बजार नपाउँदा किसानहरु चिन्तित छन् ।
काठमाडौं–केरुङ रेलमार्ग अध्ययनको काम चैतबाट हुने
नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
आयआर्जन बढाउन थारू भान्साघर सञ्चालन
कोभिडको मारमा परेका थारु समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पहल थालेको छ । कार्यक्रमको सहयोगमा महिलालाई पर्यापर्यटनसँग जोड्दै व्यावसायिक रूपमै सबल र आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा २० जना महिलालाई आयआर्जनमा जोडिएको छ ।
दुई हप्ताभित्रै कमला पुल निर्माण सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडक अन्तर्गतको कमला पुल निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।
हुम्लामा बन्न लागे आरसीसी भवन
दक्षिणी हुम्लामा व्यक्तिगत रुपमा लगानी गरेर पहिलो पटक आरसीसी भवन बन्न शुरु गरेका छन् । राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सहज रुपमा ढुवानी भएर आउन थालेपछि व्यक्तिहरु आरसीसी पिल्लर भएको भवन निर्माणमा लागेका हुन् ।
उत्कृष्ट सासू–बुहारी सम्मानित
झापाको मेचीनगर नगरपालिकामा यस वर्ष पनि उत्कृष्ट सासू–बुहारी सम्मानित भएका छन् । समाजमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटिलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा अनुकरणीय सासू–बुहारीलाई बर्सेनि सम्मान गर्ने गरिएको छ ।
स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न
सप्तरीको महादेवा गाउँपालिका –१ स्थित स्वास्थ्य चौकी पकरीको भवन निर्माणको काम सम्पन्न भएको छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायमै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका बिरुवा रोपिने भएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र प्रदेश सांसदहरूको उपस्थितिमा बिरुवा रोपिन लागेको हो ।
चट्याङ लागेर गर्भवती महिला घाइते
आइतबार साँझ वर्षासँगै परेको चट्याङ लागेर पाँच महिनाकी गर्भवती महिला गम्भीर घाइते हुनुभएको छ । खिजिदेम्बा गाउँपालिका –७ रावादोलुकी २१ वर्र्षीय प्रमिला बस्नेत (ढुंगेल) चट्याङ लागेर घाइते हुनुभएको हो ।
आगलागीबाट नुवाकोटको एक घर जलेर नष्ट
नुवाकोटको बेलकोटगढी नगरपालिका– ८ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । जिलिङ निवासी विश्वनाथ पुडासैनीको घरमा आज (सोमबार) बिहान आगलागी हुँदा करिब २० लाख बराबरको धनमाल नष्ट भएको जनाइएको छ ।
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ ।