• १३ असोज २०८१, आइतबार

दुई हप्ताभित्रै कमला पुल निर्माण सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ कमला पुल निरीक्षणपछि स्थानीयलाई सम्बोधन गर्नुहुँदै । तस्बिर– जीवछ यादव

जीवछ यादव 

लहान, फागुन १५ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडक अन्तर्गतको कमला पुल निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ । कमला पुल निरीक्षणको लागि सिरहा आइपुग्नुभएका उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्रालयका सचिव र प्राविधिक टोलीसहित त्यहाँ पुग्नुभएका मन्त्री श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडक अन्तर्गतको सो निर्माण कार्य सुचारु हुने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘ ठेक्का टेण्डर लिएर काम नगरी अनियमितता र भ्रष्टाचार गर्ने प्रवृत्ति अन्त्य गर्नेछु ।’

मधेशको जीवनरेखाको रूपमा रहेको हुलाकी सडक निर्माणका बाँकी कार्य पनि द्रुत गतिमा अघि बढ्नेछ ।’ 

राष्ट्रिय सहमतिको माध्यमबाट अघि बढेर सबैको साझा प्रयासबाट देश निर्माणको कार्य अघि बढ्ने भन्दै कमला पुल निर्माणको लागि सिरहाका नागरिक समाज र राजनीतिक दलहरूले गरेको ताकेता सराहनीय रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

धनुषा र सिरहाको सिमानामा रहेको कमला नदीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि मन्त्री श्रेष्ठ निरीक्षणमा पुग्नुभएको हो । 

पुल निर्माणको लागि नागरिक अगुवा रामरिझन यादवकाको नेतृत्वमा हुलाकी सङ्घर्ष समिति गठन गरेर दबाब दिएपछि पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले निर्माण कार्य थालेका थिए ।