लीलाराज खड्का
बिर्तामोड, फागुन २३ गते । झापाको क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भारी मतले विजयी हुनुभएको छ ।
पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका पुर्व सांसद राजेन्द्रकुमार लिङदेनलाई पराजित गर्दै झापा क्षेत्र नम्बर-३ बाट निर्वाचित हुनुभएको हो ।
रास्वपाका पाठकले लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसदको यात्रा तय गर्नुभयो । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा राप्रपाका अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत ल्याउनुभएको हो ।
यस निर्वाचनबाट गत २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा लिङदेनले काग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो ।
त्यसवेला समेत रास्वपाबाट पाठक समेत चुनावी प्रतिस्पर्धामा रहनुभएका पाठक त्यसवेला तेस्रो स्थानम रहनुभएको थियो । मात्रै ३७ वर्षीय पाठकले यस पटक भने उनै लिङदेनलाई फराकिलो मतअन्तरले हराउनुभयो ।
नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम, संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे हिक्मतले एक हजार ४५० मत ल्याउनुभएको छ ।
पाठक हाल रास्वपाको झापा जिल्ला कार्यवाहक अध्यक्षसमेत रहनुभएको छ । झापा-३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको निर्वाचन । झापा-३ मा २ स्वतन्त्र सहित १७ जना उम्मेद्धार रहनुभएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले बधाई शुभकामना दिनुभएको छ ।
लोकतन्त्रमा हारजित स्वाभाविक भएको भन्दै आगामी दिनमा हरेक काममा हातेमालो र समन्वय गरेर अगाडि बढ्ने उहँहरुले बताउँनुभयो ।