माओवादीद्वारा विश्वविद्यालयलाई पत्राचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले विद्यार्थी सङ्गठन विघटन नभएको भन्दै विश्वविद्यालय र आङ्गिक क्याम्पसलाई पत्र पठाएको छ। पार्टीका महासचिव देवप्रसाद गुरुङले अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह नेतृत्वको कमिटी आधिकारिक भएको भन्दै बिहीबार पत्र पठाउनुभएको हो।
उपरथी शाही बर्खास्त
आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतले सेवाबाट बर्खास्त हुने फैसला सुनाएको छ। उपरथी ताराध्वज पाण्डे नेतृत्वको कोर्ट मार्सलले बिहीबार फैसला सुनाउँदै उपरथी शाहीलाई आर्थिक अनियमितताको आरोपमा दोषी ठहर गरेको छ। शाहीमाथि सैनिक विद्रोहको कसुरसम्बन्धी आरोपमा दोषी ठहर गर्दै कोर्ट अफ इन्क्वायरीले भविष्यमा सरकारी सेवामा प्रवेश गर्न अयोग्य नठहरिने गरी सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको हो।
राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलका शीर्ष नेताले आगामी दिनमा राष्ट्रपतिबाट संविधानविरुद्धको गतिविधि र हस्तक्षेपकारी भूमिका हुन नहुनेमा जोड दिनुभएको छ । उहाँहरूले विगतको अनुभवबाट पाठ सिक्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
साइबर सुरक्षाका लागि उच्चस्तरीय कार्यदल
सरकारले साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन गरेको छ। एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश कार्यदललाई दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो। सूचना प्रविधिविज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित कार्यदलका सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहनुभएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ रहने र सदस्य सचिवमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि रहने बताइएको छ। बिहीबार मन्त्रालयमा एक कार्यक्रम गरी कार्यदललाई जिम्मेवारी दिइएको छ।
सार्वजनिक खरिद ऐन संशोधन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलगायतका सरोकारवालासँग छलफल गरेर सार्वजनिक खरिद ऐन संशोधन गरिने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
युगान्डाकी युवतीको काठमाडौँमा यौनधन्दा
दक्षिण अफ्रिकी मुलुक युगान्डाका युवतीलाई नेपाल झिकाएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ। पर्यटक भिसामा गत साउन २३ गते युगान्डाबाट नेपाल आएकी २५ वर्षीया नतासा भनिने इमाकुलेट नावासुम्बाले युगान्डाका युवतीलाई प्रलोभनमा पारी नेपाल बोलाएर यौन व्यवसायमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। पीडितको जाहेरीपछि नतासालाई ब्युरो प्रहरीले आइतबार ठमेलबाट पक्राउ गरेको थियो।
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार)देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ। आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।
सुकुटी व्यवसायमा जमेका महेन्द्र
पर्यटन व्यवसाय अनि भर्जिन गन्तव्य भनेर चिनिने मुस्ताङको उपल्लो भेगतर्फ पर्ने साबिकको छुसाङ गाविस –३ भ्रकका स्थायी बासिन्दा महेन्द्र गुरुङले आफ्नो थातथलो छाडेको ३० वर्ष पुग्न लाग्यो । हाल बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने भ्रकमा महेन्द्रले म्याग्दीमा आएर सुकुटी व्यवसायमा जम्नुभएको छ ।
बालबालिकामा कडा खालको कुपोषण
खिजिदेम्बा गाउँपालिकामा १३ जना बालबालिकालाई कडा किसिमको कुपोषण भएको छ । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँ–गाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।
त्रिदेशीय मार्ग निर्माण गर्न राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गर्न सम्वद्ध पक्षमा आग्रह गर्नुभएकोछ । विहीबार सदरमुकाम चरीकोटमा हजारभन्दा बढीको संख्यामा गठित टुकीको ४५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
दोहोरो अङ्कले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुईमा सीमित भएको छ ।
‘सुदूरपश्चिम संस्कार र संस्कृतिमा देशकै धनी’
इन्जिनियर सागर ढकालले सुदूरपश्चिम प्रदेश कला र संस्कृतिले देशकै धनी प्रदेश भएको बताउनुभएको छ।
नुवाकोटका किसानलाई आलु खन्ने चटारो
आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ ।
शुक्रबारबाट सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुने
भोलि (शुक्रबार) बाट नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आयुष मन्त्रालयको सहयोगमा फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।
बाह्र वर्षपछि इतुम्बहालमा प्रब्रज्याभिषेक
कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा आज (बिहीबार) ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरिएको छ ।
समस्या बुझ्न जनताको घरदैलोमा सांसद
आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।
सडक विस्तारको कामप्रति उपप्रधानमन्त्री श्रेष्ठ असन्तुष्ट
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज (बिहीबार) भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गर्नु भएको छ ।
मानहानि हुने प्रकृतिका सामग्री उत्पादनमा रोक
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी आचारसंहिता फागुन १७ देखि चैत ५ गतेसम्म लागू भएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचनको मिति तय भएको छ ।
एम्बुलेन्स सञ्चालनमा कडाइ
एम्बुलेन्स व्यवस्थापन समिति धनुषाले एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ । चर्को भाडा असुली, तोकिएको स्थानबाट सेवा नदिने र गैरकानुनी रूपमा एम्बुलेन्स खरिदबिक्रीको समाचार प्रकाशन भएपछि एम्बुलेन्स सञ्चालनमा कडाइ गरिएको हो ।
आठ दलका शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण जारी
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
सञ्चारकर्मी महिलालाई लैङ्गिकमैत्री समाचार लेखन तालिम
पत्रकार महिलाले आफूहरूको काम गर्ने शैलीमा निखारता ल्याउन स्थानीय निकायले चासो राखेकोमा खुसी व्यक्त गरेका छन् ।
जलवायु परिवर्तनको असर : वर्षा र सुख्खा यामको दुरी बढ्दै
कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो ।
दुर्घटना रोक्न चालकलाई प्रशिक्षण
सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासनसम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ ।
फागुन २५ देखि जजिराले पुनः उडान भर्ने
एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्नेभएको छ । जजिराले कुवेतका लागि सातामा तीन दिन उडान थाल्ने घोषणा गरेको हो ।