माधव नेपाल र सुवास नेम्वाङबीच छलफल
नेकपा (एकीकृत समाजवादी ) अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच छलफल सुरु भएको छ ।
स्थानीय तहमा हस्तान्तरण भएनन् विषयगत कार्यालय
स्थानीय सरकार सञ्चालन ऐन जारी भएको छ महिनाभित्र जिल्लास्थित विषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण हुने भनिए पनि अझै केही कार्यालय स्थानीय तहमा हस्तान्तरण भएका छैनन् । दुई वर्षअघि स्थानीय तहमा गएका महिला विकास कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि यस वर्षदेखि पुनः जिल्लामा नै फर्कने तयारी गरिएको छ ।
‘सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याइन्छ’
प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइरालाले बढ्दो द्वन्द्व र जनताका आधारभूत आवश्यकता पूरा हुन नसक्दा मानव अधिकार तथा मानवीय मर्यादाको उपभोग गर्नका लागि जनतामा पीडा बढ्दै गएको प्रस्ट्याउनुभएको छ ।
चलचित्र पर्यटनलाई सरकारले सघाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र महोत्सवका माध्यमबाट पर्यटनको विकास गर्न सकिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिलाई भेट्नुहुँदै उहाँले महोत्सवका माध्यमबाट चलचित्र पर्यटनको विकासमा जोड दिनुभयो।
शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव
विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको छ।
पौडेल र नेम्वाङ मत माग्न व्यस्त
राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाटमार्फत राष्ट्रपति निर्वाचनको प्रचारप्रसार बिहीबारदेखि सुरु गर्ने भएको हो।
गुणस्तरहीन खाद्य सामग्री नष्ट
म्याग्दीको मंगला गाउँपालिका –२ स्थित बाबियाचौर बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बाबियाचौर बजार क्षेत्रका तीनवटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेन्ट अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको हो ।
पिछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्यो : प्रवक्ता गिरी
सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।
नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज (बुधबार) परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम भएको हो ।
खाना पकाउने ग्यासको मूल्य घट्यो
खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो ।
मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ जना चालक कारबाहीमा
मापसे गरेर स्कुल बस चलाउने ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
अध्यक्ष ओली र नेता गौतमबीच एक्लाएक्लै भेटवार्ता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतम निवासमा आज बुधबार उहाँहरुबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
कारखानामा ९८ प्रतिशत महिलाको सहभागिता
उद्योग व्यवसायमा अधिकांश पुरुषको बाहुल्य रहने गरे पनि पछिल्लो समय पाल्पामा महिलाको सहभागिता उत्साहजनक देखिएको छ ।
तरकारी परीक्षण गरेर ल्याउनुपर्ने अनेरास्ववियूको माग
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गरेको छ । भारतबाट हरियो तरकारी विनापरीक्षण ल्याउन सरकारले अनुमति दिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका हुन् ।
मालपोतमा कम राजस्व उठ्दा स्थानीय बजेट प्रभावित हुने
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुर चोकमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा दुई जना पैदलयात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सञ्चारमाध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ ।
सर्वोच्चमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम गर्छौँ : कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताउनुभएको छ ।
रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जिम्मेवारीसमेत तोकेको छ ।
टर्यो सम्भावित विमान दुर्घटना
अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए। सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए।
नो अब्जेक्सन लेटर लिनेको पनि भीड
उच्च शिक्षाका लागि विदेशिन चाहनेहरूको लर्को पनि उत्तिकै बढेको छ । अध्ययनका लागि विदेशिने गरे पनि अधिकांशको लक्ष्य रोजगारी नै हुने गरेको छ ।
मदिराजन्य विज्ञापनमा रोक
सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।
मधेशका ११ जना पत्रकारलाई दीर्घ सेवा सम्मान
लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत मधेश प्रदेशका ११ जना पत्रकार दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार जनकपुरधाममा आयोजित प्रेस युनियन प्रदेश कार्यसमिति पदस्थापन समारोहको अवसरमा सम्मानित हुनुभएको हो ।