• १३ असोज २०८१, आइतबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १७ गते । झापामा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुर चोकमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा दुई जना पैदलयात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ना.४ च. ४५२५ नम्बरको कारले बाटो क्रस गर्दैगरेको अवस्थामा कारको ठक्करबाट कनकाई नगरपालिका वडा –८ का ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो काट्ने क्रममा उहाँहरूलाई कारले ठक्कर दिएको थियो । दुर्घटना गराउने कारसहित कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।