• १३ साउन २०८१, आइतबार

आगोमा जलेर पाँचथरमा दुई बालकको मृत्यु

blog

आगलागीमा क्षतिग्रस्त भएको घर । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पाँचथर

राधा लुइँटेल

फिदिम, फागुन १२ गते । घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो साढे दुई बजे भएको आगलागीमा स्थानीय सरन पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशान खाती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । 

हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा दिँउसो कोही नभएका बेला आगो लागेको थियो । आगोले घर पूर्णरुपमा क्षति भएको खतिवडाको भनाइ छ ।

मृतकमध्ये निशान खाती सोही घरमा (मावल) बस्दै आएका थिए ।  सेसेहाङ भने निशानसँग खेल्न आएका थिए । दिउँसो अभिभावक दाउरा खोज्न जङ्गल गएका बखत दुई जना बालक मात्रै रहेको घरमा आगो लागेको वडाध्यक्ष धनकुमार लिम्बूले जानकारी दिए । 

उनीको शव घरको माथिल्लो तलामा जलेको अवस्थामा भेटिएको हो । अहिले शव निकाल्ने काम भइरहेको छ । घटनास्थलमा पाँचथरका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकको टोली पुगेको छ ।