• ४ असार २०८१, मङ्गलबार

मन्त्रीद्वारा कामको सूची सार्वजनिक

blog

काठमाडौँ, फागुन १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सूची सर्वजनिक गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार पत्रकारसँग भेटघाटक्रममा उहाँले अब गर्ने कामको सूची सार्वजनिक गर्नुभएको हो ।

मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीनमहिने अभियान, नेपाल नागरिक उड्डयन तथा प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी एकाइ निर्माण गर्ने तयारी रहेको जनाउनुभयो । 

त्यस्तै सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एन्ड हप अप) यातायात सञ्चालन गर्ने, ग्राउन्डेड जहाज छानबिन समिति गठन गर्ने तयारी रहेको बताउनुभयो । हवाई नागरिक उड्डयन विधेयक प्रक्रिया बढाउने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने १० बुँदामा समेटिएका छन् । मन्त्री किरातीले यसअघि  गरेका अनलाइन टिकेटिङ, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बिनी गुरु योजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेका छन् ।