राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६९४ मतदान
राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ जनाले मतदान गरेका छन् ।
नेपाली कांग्रेसका सभापति देउवाद्वारा मतदान
नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गर्नुभएको छ ।
होली सकियो, होरीको रौनक कायमै
होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् ।
कालीगण्डकी करिडोर : मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो ।
गठबन्धनका शीर्ष नेताद्वारा मतदान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरुले नयाँ राष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान गर्नुभएको छ ।
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते
सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिपोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ ।
पेटबाट रक्सीको बोतल निकालियो
पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ। रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा सम्भव नभएपछि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बिरामीलाई उपचारका लागि भरतपुर ल्याइएको थियो।
वित्तीय संस्थाविरुद्ध गतिविधि रोक्न निर्देशन
बैङ्क तथा वित्तीय संस्थाविरुद्ध कानुनविपरीत हुने जुनसुकै गतिविधि र त्यसमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने भन्दै बैङ्क तथा वित्तीय संस्थाविरुद्ध योजनाबद्ध रूपमा अभियान सुरु गरेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले त्यस्ता गतिविधिले आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
फुट्दै, टाल्दै मेलम्ची पाइप
वर्षायाममा मुहान र हिउँदमा पाइपको चुहावट टाल्नु मेलम्ची खानेपानी आयोजनाको नियमित कार्य भएको छ। पानी वितरण सुरु भएयता पटक–पटक पाइप चुहिएर राजधानीको विभिन्न ठाउँ जलमग्न हुँदै आएको छ भने मेलम्चीको सुरुङ पनि चुहिन थालेको छ। पुरानो पाइपलाइनबाट पानी वितरण गर्दा र नयाँ पाइपलाइनको परीक्षण गर्नुपर्दा पाइप चुहिने समस्या देखिएको आयोजनाको भनाइ छ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले आयोजनाबाट पानी वितरण कार्य नै प्रारम्भिक चरणमा रहेको हुनाले यस्तो समस्या देखिए पनि बिस्तारै यस प्रकारका समस्या समाधान हुँदै जाने बताउनुभयो। उहाँले जथाभाबी सडक तथा ढल निर्माण र नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा पाइपलाइन फुटेर पानी चुहिने समस्या देखिएको बताउनुभयो। पुरानो पाइपलाइन चुहावट स्वाभाविक रहेको आयोजनाको भनाइ छ। आयोजनाअनुसार उपत्यकामा एक सय वर्षभन्दा पुरानो खानेपानीको पाइपलाइनको सञ्जाल रहेको छ।
जलवायु परिवर्तनको असर महिलामा
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ। खुम्बु पासाङल्हमु गाउँपालिका र साथसाथै संस्थाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाले धेरै समस्या भोगेको देखेको बताउनुभयो।
नेपाललाई अध्यक्षको जिम्मेवारी
अति कम विकसित राष्ट्रहरू (एलसीडी)को पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार राति स्वदेश फर्किनुभएको छ। फागुन २१ देखि कतारको राजधानी दोहामा जारी सम्मेलनमा उहाँ नेपालको प्रतिनिधित्व गरी सहभागी हुनुभएको थियो। सम्मेलनले नेपाललाई अति कम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’को अध्यक्षको जिम्मेवारी दिएको छ। एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा आयोजना हुने समारोहमा उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ।
राष्ट्रपति निर्वाचन आज
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् ।
काठमाडौंमा दोस्रो अर्थशास्त्री सम्मेलनको तयारी
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुनेभएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न संघ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।
कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित
अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङगा– ८ का दसन चौधरी वडाको सबै काम सकाएर छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाएको एक साता बितिसक्दा पनि उहाँको काम भएन ।
गण्डकी प्रदेशबाट पहिलो अन्तर्राष्ट्रिय रेफ्री बुढाथोकी
महिला सधैँ पछाडि भन्ने समाजको एउटा बिम्ब हुँदैगर्दा पनि गण्डकी प्रदेशबाटै पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका –४ बरंजाकी नबिना बुढाथोकी रेफ्री बन्न सफल हुनुभएको हो ।
तिलोत्तमालाई ‘नो हर्न’ घोषणा गरिँदै
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘नो हर्न’ घोषणाको तयारी गरिएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाइ अभियानको १०० औँ दिन पूरा भएसँगै आगामी १ गते मूल समारोह गरेरै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिन लागिएको हो ।
सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।
मेलम्चीको पानी वितरणका लागि बिछ्याइएका पाइपबाट चुहावट
मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिछ्याइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
रेसुङ्गा क्याम्पसमा उम्मेदवार घोषणा
स्ववियु निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले सभापतिको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघले विद्यार्थी नेता पुनाराम घिमिरेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।
दुई महिना अनिवार्य खट्न एमाले ओखलढुङ्गाको निर्देशन
नेकपा (एमाले) ओखलढुङ्गाले जिल्ला कमिटीका सबै नेतालाई दुई महिना कार्यक्षेत्रमा खटेर पार्टीको काम गर्न निर्देशन दिएको छ ।
खार्पुनाथ शिवालयको स्वरूप परिवर्तन हुँदै
जिल्लाकै प्रसिद्ध शिव मन्दिरमा पर्ने खार्पुनाथ शिवालयको पहिलेको स्वरूपमा परिवर्तन आएको छ । आकर्षण र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माण कार्य भएपछि पहिलेको मन्दिरको स्वरूप परिवर्तन भएको हो ।
स्थानीय सरकारद्वारा गहुँबालीमा डोजर
स्थानीय सरकारले स्थानीयको गहुँबालीमा डोजर चलाएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका –८ मा असार मसान्तमा बजेट सक्ने लक्ष्यसाथ गहुँवालीमा एक्स्काभेटर लगाएर फिल्ड निर्माण गर्न थालिएको हो ।
राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।