चिनियाँ पर्यटकका लागि नेपाल खुला
चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।
आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो ।
विशिष्टको सवारी व्यवस्थित बनाइने
गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।
नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।
प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्नेगरी ऐन बन्छ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्नेगरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताउनुभएको छ ।
काठमाडौं सुनचाँदी व्यवसायी सङरूघको तालिम भवनको उद्घाटन
काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको तालिम भवनको शनिबार समुद्घाटन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका १७ वडा, कुसुमबियालाछि स्थिति भवनको उद्घाटन गर्नुभयो ।
जसपाका उम्मेदवार रामसहाय यादवविरुद्ध उजुरी दर्ता
जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।
केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेल बाडेगाउँको ‘भट्टराई आश्रम’मा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रमको आज (शनिबार) अवलोकन एवम् निरीक्षण गर्नुभएको छ ।
तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी दर्ता
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता
उपराष्ट्रपति पदमा नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काठमाडौंवासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)
बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ ।
सडक बत्ती बालेबापत रौतहटका पाँच पालिकाले सात करोड बढी रकम तिर्न बाँकी
सडक बत्ती बालेबापत रौतहटका पाँच वटा नगरपालिकाले सात करोड रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा मातहतका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर गरी पाँच वटा नगरपालिकाले सडक बत्तीको उक्त रकम भुक्तानी गरेको छैन ।
गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने सम्भावना : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।
एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार
नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जलवायुको असर कम गर्न नयाँ योजना
विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा जलवायु असर कम गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले नयाँ योजना अघि बढाएको छ। आगामी पाँच वर्षभित्र जलवायु परिवर्तनका मुद्दामा ठोस काम गर्ने गरी गाउँपालिका र यस क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैबीच रणनीतिक साझेदारीसमेत भएको छ। सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरसहितको उपस्थितिमा गाउँपालिकाले नयाँ योजना अघि बढाएको हो। सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट उपाध्यक्ष टासील्हामु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गर्नुभएको छ।
सबै वर्गलाई विकासको मूलधारमा ल्याउनुपर्छ
राष्ट्रिय समावेशी आयोगले पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका, भौगोलिक तथा वर्गीय रूपमा पछाडि परेका सबै वर्गलाई विकासको मूलधारमा ल्याउने प्रयत्नमा जोड दिएको छ। आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले प्रविधिमा महिलाको पहुँच बढाउन प्रेरित गरिएको उल्लेख गर्दै विकासमा फड्को मारेको प्रविधिमैत्री सीप सिकेर सकारात्मक फाइदा लिन जान्नुपर्ने बताउनुभयो।
उपराष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज
सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योलका बीच उपराष्ट्रपति पदको मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको तालिकाबमोजिम शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।
पुल बनाउन भारतले दिएन सहमति
भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ । दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन । “भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उहाँले भन्नुभयो, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।”
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा स्वयम्भुनाथ क्षेत्रको अवलोकन
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।
महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ ।