• १२ असार २०८१, बुधबार

उपराष्ट्रपति निर्वाचन

गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने सम्भावना : अध्यक्ष राउत

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकमा उपस्थित नेताहरु । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन २७ गते । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।

अध्यक्ष राउतले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरूले आ–आफ्नो दाबी गर्दा बैठक निष्कर्षविहीन भएको जानकारी दिनुभयो । साथै उहाँले आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताउनुभयो ।

उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्नुहुँदै उहाँले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताउनुभयो । उहाँले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको जानकारी दिनुभयो ।

अध्यक्ष राउतले भन्नुभयो, ‘‘आज सत्तारुढ गठबन्धनको बैठक थियो । उपराष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भयो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा जोखिम नलिने भन्ने कुरा भयो । त्यसबार निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो संविधानको धारा ३८ मा उल्लेख गरेको छ ।’’

अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतबारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ । आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट तीन जना उम्मेदवार हुने सम्भावना देखिएको छ ।  जसपाबाट दुई जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ।’’