• १३ साउन २०८१, आइतबार

काठमाडौं सुनचाँदी व्यवसायी सङरूघको तालिम भवनको उद्घाटन

blog

काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको तालिम भवनको समुद्घाटन । तस्बिर : प्रजित शाक्य

प्रजित शाक्य

काठमाडौं, फागुन २७ गते । काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको तालिम भवनको शनिबार समुद्घाटन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका १७ वडा, कुसुमबियालाछिस्थित भवनको उद्घाटन गर्नुभयो । सङ्घको यो दोस्रो भवन हो ।

काठमाडौं सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष सुरेश शाक्यले यस भवनमा सुनका आधुनिक तथा परम्परागत गहना बनाउनेदेखि लिएर सुन तथा रत्न पहिचान गर्ने तालिम सञ्चालन गरिने बताउनुभयो । तालिमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट पनि सम्बन्धन प्राप्त गरिसकेको छ ।


अध्यक्ष शाक्यले सुनका गहना बनाउने नेपाली कालिगढको अभाव रहेको अवस्थामा यस भवनबाट नेपाली कालिगढ उत्पादन गर्नमा धेरै सहयोग पुग्ने धारणा राख्नुभयो । ‘गहना बनाउने स्वदेशी कालिगढको अभाव छ । नेपाली गहना विदेशी कालिगढमा निर्भर भइरहेको छ । यस अवस्थामा स्वदेशी युवालाई तालिम दिइ रोजगारका अवसर प्रदान गर्ने उद्देश्य लिइ भवनको निर्माण गरिएको हो । सिटिइभिटीबाट सम्बन्धन पनि प्राप्त गरिसकेकोले यहाँ तालिम लिएकाहरुले अन्तर्राष्ट्रिय रुपमा मान्यता पनि पाउनेछ’ उहाँले भन्नुभयो ।

भवन निर्माण कमिटीका संयोजक तथा सङ्घका पूर्व अध्यक्ष महेन्द्ररत्न शाक्यले यो भवन सुनचाँदी सम्बन्धी कार्य गर्ने प्राज्ञिक परिषद र तालिमको मुख्य भवन हुने विश्वास लिएको छु, भन्नुभयो । भवनमा तालिम कक्षा, प्रयोगशाला, बैठक कोठा, विश्राम स्थलका साथै तालिम लिन आउनेहरुका लागि चमेना गृहसमेत छन् ।

बागमती प्रदेशका सांसद उपप्रमुख हरिप्रभा खड्गीले सुनका गहना बनाउने तालिमले युवाहरुलाई विदेश पालयन हुनबाट रोक्न सहयोग पुग्ने धारणा राखनुभयो ।

बागमती प्रदेशका सांसद हरिप्रभा खड्गीले भन्नुभयो, ‘‘अहिले धेरै युवाहरु शिक्षा र तालिमको नाममा विदेश पलायन भइरहेको छ । स्वदेशमै तालिम र रोजगार दिन सके युवाहरुलाई विदेश जानबाट राक्न सकिनेछ । काठमाडौं सुनचाँदी व्यवसायी संघले सञ्चालन गर्न लागेको तालिमले युवाहरुलाई स्वदेश फर्काउन पनि मद्दत गर्नेछ भन्न विश्वास लिएको छु । यही उद्देश्यले काठमाडौं महानगरपालिकामा हामी हुँदा नै भवन बनाउन सहयोग गरेका थियौं ।’’

तालिम भवन बनाउन विद्यासुन्दर शाक्य र खड्गी मेयर उपमेयर हुँदा काठमाडौं महानगरपालिकाले ७२ लाख रुपियाँ सहयोग गरेको थियो ।