• १२ असार २०८१, बुधबार

उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता

blog

पराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुहुँदै नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्य । तस्बिर : सुजन गुरुङ

काठमाडौं, फागुन २७ गते । उपराष्ट्रपति पदमा नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उहाँले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराउने क्रममा उहाँसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू संसद् भवन पुग्नुभएको छ ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताउनुभयो ।

उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने धारणा व्यक्त गर्नुभयो । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुँदैछ ।


यो पनि पढ्नुहोस

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार