• १२ असार २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुन्छ : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । फाइल तस्बिर

काठमाडौं, फागुन २६ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पार्नुभएको छ ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि उभिएर पत्रकारहरूसँग कुरा गर्नुहुँदै उपसभापति खड्काले भन्नुभयो, ‘‘सरकार विस्तार प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा हुन्छ, त्यो उपराष्ट्रपतिको निर्वाचनपछि हुनेछ । त्यसपछि मात्रै कांग्रेस सरकारमा जाने विषयमा छलफल हुनेछ ।’’

तपाईंकै नेतृत्वमा कांग्रेस सरकारमा जाने हो भनी राखिएको जिज्ञासामा उपसभापति खड्काले कांग्रेस सरकारमा जाने त वातावरण बनेकै छ तर कसको नेतृत्वमा जाने भन्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पार्नुभयो ।