• २५ चैत २०८२, बुधबार

बास्केटबल लिग : गोल्डेनटलाई हराउँदै आर्मी फाइनलमा

blog

जित निकालेपछि आर्मीका खेलाडी ।

काठमाडौँ, चैत २५ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबिएल)–२०२६ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेटलाई ९०–७१ ले हरायो । आर्मीले यस सिजन गोल्डेनगेट विरुद्ध खेलेको तीनै खेल जित्दै आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ ।

यसअघि लिग चरणको दुवै खेलमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो । सुरुवाती क्वाटरसम्म पछि परेको आर्मीले चौथो क्वाटरमा शानदार प्रदर्शन गर्दै जित हात पारेको हो । पहिलो क्वाटरमा गोल्डेनगेटले २५–१७ को अग्रता बनाएको थियो ।

दोस्रो क्वाटर १३–१३ को बराबरीमा सकिएपछि गोल्डेनगेटले हाफटाईमसम्म ३८–३० को अग्रता बनायो । तेस्रो क्वाटर पनि २४–२१ को अग्रतासहित अन्तिम क्वाटरअघि गोल्डेनगेट ६२–५१ ले अघि थियो ।

तर आर्मीले चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९–९ ले आफ्नो पक्षमा पार्दै ८०–७१ ले खेल जितेको हो ।आर्मीका  कप्तान विनोद महर्जन म्यान अफ दी म्याच घोषित हुनुभयो ।