• २१ वैशाख २०८२, आइतबार

एपिएफले जित्यो भोजपुर मेयर गोल्डकप

blog

उपाधि विजेता एपिएफ टोली ।

गोकुल भुजेल

भोजपुर, वैशाख २० गते । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले जितेको छ । 

शनिबार भएको फाइनल खेलमा एपिआई पावर चर्च ब्वाइज भर्सेस एपिएफ बिचको खेलमा ४–० गोल अन्तरले एपिएफ विजयी भएको हो ।

भोजपुर नगरपालिकाको प्रायेजन र जिल्ला फुटबल संघको आयोजनामा सञ्चालीत प्रतियोगिताको विजयी टिम एपिएफले पाँच लाख र उपविजेता टोली चर्च ब्वाईज युनाइटेडले तीन लाख रुपियाँसहित क्रमशः ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् । 

त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका पदम भट्टराई, सर्वाधिक गोलकर्ता एपिएफको समिर राज थोकर, उत्कृष्ट गोल रक्षक एपिएफका सुजन विक, उत्कृष्ट प्रशिक्षक एपिएफका मिलन राई हुनुभएको छ । 

प्रतियोगितामा विजयी टिम र व्यक्तिगत खेलाडिलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रथम मुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।