गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।
साहित्य क्षेत्रले राजनीतिज्ञलाई खबरदारी गर्नुपर्छ: नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले साहित्य क्षेत्रले नेपाली राजनीतिज्ञलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुगेको बताउनु भएको छ ।
नियमावली पारित गर्न सहमतिको खोजी
प्रतिनिधि सभाको कार्यसञ्चालन नियमावलीलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन प्रमुख राजनीतिक दल सकारात्मक देखिएका छन्। प्रचलित मान्यता र यसअघिका व्यवस्थामा रहेका सभामुखका विशेषाधिकारसमेत कटौती गर्ने गरी सत्तापक्षका सांसदले संशोधन दर्ता गरेपछि नियमावली पारितको बाँकी प्रक्रिया अघि बढेको छैन। संशोधनलाई सहमतिमा टुङ्गो लगाएर पारित गर्न सभामुख देवराज घिमिरेको पहलमा राजनीतिक परामर्शसमेत सुरु भएको छ। आइतबार राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र संशोधनकर्ता सदस्यसँग परामर्श सुरु भएको हो।
‘सङ्गठन शुद्धीकरण प्राथमिकतामा’
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ छवि भएका प्रहरी आवश्यक रहेको बताउनुभएको छ। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई गृह मन्त्रालयमा आइतबार दज्र्यानी चिह्न प्रदान गर्ने क्रममा उहाँले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्या समाधान गर्ने बताउनुभयो। समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटना वृद्धि भइरहेका बताउँदै उहाँले त्यसको समाधान गर्न प्रहरीमा आत्मविश्वास र अठोट अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।
मन्त्रिपरिषद् विस्तार केही दिनपछि
सरकारको साझा नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ । यसअघि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब साझा नीति र कार्यक्रम पहिलो प्राथमिकतामा परेको छ । त्यसका लागि गृहकार्य भइरहेको छ । सत्ता साझेदार १० राजनीतिक दलले मन्त्रिपरिषद् विस्तारबारे आन्तरिक र संयुक्त छलफल तीव्र पारेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको परामर्श तीव्र पार्नुभएको हो ।
मिटरब्याजपीडित भन्छन् : लिएको ऋणको दशौँ गुणा तिरे पनि सकिएन
महोत्तरीको बर्दिबासबाट हिँडेको ११ दिनपछि मिटरब्याजपीडित आइतबार काठमाडौँ आइपुगेका छन् । चन्द्रनिगाहपुर, हेटाैँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित काठमाडौँको मातातीर्थ मन्दिरमा बास बसेका छन् । गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल यात्राबाटै काठमाडौँ हिँडेका ४२ जना महिला, २७ जना पुरुष र चार जना बालबालिका छन् । मिटरब्याजीविरुद्ध सङ्घर्ष गर्दै आएको सो टोलीको योजना प्रधानमन्त्रीलाई भेटी आफ्ना समस्या र गुनासोसँगै ज्ञापनपत्र बुझाउने छ । तर त्यसअघि नै पीडितका समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिवसहितको टोली उनीहरू बसेको स्थान मातातीर्थ पुगी आइतबार साँझ नै छलफल गरेको छ ।
उपनिर्वाचनका लागि २६ दलको निवेदन
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिनुभयो । तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन दिएका हुन्। एकल चुनाव चिह्न लिएर स्पर्धा गर्न नेपाल आमा पार्टी, नेपाल सुशासन पार्टी र पुनर्जागरण पार्टी, नेपालले संयुक्त निवेदन दिएका हुन्।
छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शिक्षक नियुक्त नै नभएका व्यक्तिलाई सरुवापत्र दिएर शिक्षक कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्मरप्रसाद भट्टसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।
अनुदानमा निर्माण, ऋणमा मर्मत
अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ । उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ । डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै र अनुगमनमा लापारबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ ।
लुमडी आचार्यको 'विचरण र अनुभूति' सार्वजनिक
साहित्यकार लुमडी आचार्यको लेखनमा 'विचरण र अनुभूति' नामक कृति सार्वजनिक भएको छ । तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटीले एक कार्यक्रमबीच 'विचरण र अनुभूति' सार्वजनिक गर्नुभएको हो ।
फिल्म 'जारी'को पहिलो गीत 'चरी बस्यो' सार्वजनिक
कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशनमा बनेको फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत तथा स्वर छ ।
‘सवारी’ को सट्टा ‘आवागमन’ शब्द प्रयोग गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले सवारीको सट्टा भ्रमण शब्द प्रयोग गर्नु राम्रो हुने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शनका लागि आउनु भएका उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिनुभएको छ ।
फिल्म 'बुलाकी'को दोस्रो गीत 'दुनियाँलाई सम्झाइदेउन्'
अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन्’ सार्वजनिक भएको छ । गीतमा नरेन, सुरक्षा र बिराज विष्टबीचको त्रिकोणात्मक प्रेमलाई देख्न सकिन्छ ।
देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव सिंह
गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्चमा पुनरावेदन
विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये घुस / रिसवत, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय अनुसार चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
महिला सशक्तीकरण गर्न सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्रमा महिला सहभागितासँगै नेतृत्व बढ्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले शनिबार आयोजना गरेको ‘महिला नेतृत्व सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला सशक्तीकरण र महिलाको निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपियाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाखबराबर अनुदान र एक खर्ब १४ अर्बबराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो।
कमर्स क्याम्पसको निर्वाचन स्थगित
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा शनिबारका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले तोकेको तालिकाअनुसार शनिबार बिहान विद्यार्थी मतदानका लागि लाइनमा समेत बसिसकेका थिए तर विद्यार्थी सङ्गठनको आपसी विवादका कारण मतदान हुन नसकेको हो ।
त्रिहत्तर जनाले बुझाएनन् खर्च विवरण
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।” निर्वाचन आयोग ऐन–२०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्च सीमाबमोजिम जरिवाना तिर्नुपर्नेछ। तर कारबाही प्रक्रियामा जानुअघि आयोग पदाधिकारीले सोसम्बन्धमा निर्णय गर्नुपर्नेछ।