• १३ साउन २०८१, आइतबार

प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

blog

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै । तस्बिर : सागर बस्नेत

काठमाडौं, चैत १२ गते । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवरलाई आज  दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको थियो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुनुहुन्छ । कुँवरले आज आइतबारदेखि कार्यभार सम्हाल्दै हुनहुन्छ ।  ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउनु भएको छ ।