गाेरखापत्र अनलाइन
काठमाडाैँ, चैत १२ गते । विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये घुस / रिसवत, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय अनुसार चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
घुस / रिसवत, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरू यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडाैँमा दायर गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा चैत १२ गते एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी गराइएको हो ।