राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ ।
मिसन ग्रासरुट कार्यक्रममा १६ जना सम्मानित
हाल जिल्लाभर सञ्चालन भइरहेको नेकपा (एमाले) को मिसन ग्रासरुट अभियानमा सक्रिय ज्येष्ठ सङ्गठित सदस्यहरू सम्मानित हुनुभएको छ ।
तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ
नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर –१ र चितवन निर्वाचन क्षेत्र नम्बर –२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।
लाग्न छाड्यो आँधीखोलामा बाह्रबिसे मेला
प्रत्येक वर्षको चैते दशै (रामनवमी) को अवसर पारेर वालिङ –९ को बाह्रबिसेमा ठूलो मेला लाग्ने गर्थ्यो । मेला भर्न र रमाइलो हेर्न जिल्लाभरबाट मात्रै होइन पर्वत, गुल्मी, पाल्पालगायत जिल्लाबाट मानिसहरू आउने गर्थे ।
मापदण्ड विपरीत सञ्चालित कोहलपुरको बधशाला बन्द
कोहलपुर नगरपालिका –४ बेलनपुरस्थित वधशालालाई तत्कालका लागि बन्द गरिएको छ ।
पशुपतिमा धार्मिक तथा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सवारी दुर्घटनामा सात जना घाइते
मकवानपुरका छुट्टाछुट्टै दुर्घटनामा परी सात जना घाइते भएका छन् । मोटरसाइकलले अर्को मोटरसाइकललाई र भीमफेदी कारागारका थुनुवा बोकेको गाडीले एकै स्थानमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनाभएको हो ।
घरमै नागरिकता पाउँदा खुसी
जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगी नागरिकता वितरण गर्दैआएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ का जन्मजात अपाङ्गता रहनुभएका २८ वर्षीय सुरेन्द्र थापालाई उहाँको निवासमै पुगी नागरिकता वितरण गरिएको हो ।
मुख्यमन्त्रीसँग अमेरिकाका राजदूतको भेट
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन थोम्पसनले बिहीबार भेटवार्ता गर्नुभएको छ ।
सुनचाँदीका गहना चोरी गर्ने गिरोह पक्राउ
रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरू बुटवल उपमहानगरपालिका –९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन् ।
भरतपुर विमानस्थल बागमती प्रदेशकै गौरव: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।
चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनका लागि कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
नेपाल राष्ट्रिय पुस्तकालय व्यवस्थित गर्न सरकारसँग सांसदको माग
राष्ट्रिय सभाका सांसदहरूले नेपाल राष्ट्रिय पुस्तकालय अव्यवस्थित बनेको र पुस्तकहरू नष्ट हुँदै गएको भन्दै सरकारले संरक्षण गर्नुपर्ने माग गरेका छन् ।
सरकार र मिटरब्याज पीडितबीच वार्ता
सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।
आठ महिनामा एक चौथाइ भन्दा कम विकास खर्च
सरकारको आम्दानी र खर्चमा सन्तुलन देखिन छाडेको छ । चालू आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च धान्न समेत नसक्ने देखिएको छ ।
राष्ट्रपतिद्वारा सल्लाहकार नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँहरूलाई बुधबार सल्लाहकार नियुक्त गर्नुभएको हो । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुनुहुन्छ भने कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुनुहुन्छ ।
मर्यादा विधेयकमा संशोधन दर्ता
राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मा तीनवटा संशोधन प्रस्ताव दर्ता भएको छ । उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टाको समयसीमा बुधबार समाप्त भएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभाका ११ जना सदस्यले तीन समूहमा विभिन्न १८ बुँदामा तीनवटा संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संशोधनको बढी भाग अनुसूची १ सँग सम्बन्धित छन् ।” विधेयकको अनुसूची १ मा सरकारी एवं सार्वजनिक पदाधिकारी तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका अति विशिष्ट व्यक्ति तथा महानुभावहरूको कदर एवं सम्मानका लागि मर्यादाक्रम तोकिएका छन् ।
सत्ता साझेदार दल बैठक : मन्त्रालय बाँडफाँटमा सहमति
सत्ता साझेदार १० दलीय गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई चरणमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएको हो। सत्तारूढ दलबीच सहमति जुटेसँगै बिहीबार मन्त्रिपरिषद् विस्तार हुनेभएको छ। बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सैद्धान्तिक सहमति भइसकेको छ। मापदण्ड के हुने, कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा एकसरो समझदारी भयो। बिहीबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने र शपथग्रहण गर्ने तयारी भइरहेको छ।”
एसईई भोलिदेखि
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन
माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन भने अझै नबन्दा उक्त सडक खण्डमा हुँदैआएको ट्राफिक समस्या ज्यूँका त्यूँ छ।
सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ ।
‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पौडेललाई
रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ नेपाल प्रेस डट कमका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ । क्लबको पुरस्कार छनौट समितिको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
अनलाइनबाट ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ
अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ।
निशानमा मौलो पूजा सम्पन्न
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो ।