• १३ असोज २०८१, आइतबार

निशानमा मौलो पूजा सम्पन्न

blog

कबिराज घिमिरे

हिले, चैत १५ गते । चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो । 

मौलो पूजामा भीमदल गणका मेजर पूर्ण प्रजापतिले निशान मन्दिरको मौलोमा पूजाअर्चना तथा मौलो परिवर्तन गर्नुभयो । मौलो पूजा गर्दा तथा बलि दिँदा निशानलाई बाहिर निकालेर पूजा गरिएको थियो । पूजा बिसर्जनपछि निशानलाई मन्दिर प्रस्थान गराइएको थियो । पूजामा बलि दिँदा तोप सलामी दिइएको थियो । सो अवसरमा उपस्थित सबैलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।

सो अवसरमा भीमदल गण प्रमुख सुमन थापालगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो । नेपाली सेनाले दशैँ तथा चैते दशैको अवसरमा हरेक वर्ष निशान भगवती मन्दिरमा मौलो पूजा गर्दैआएको छ ।