• १३ असोज २०८१, आइतबार

अपाङ्गता भएकालाई माहुरीकाे घार वितरण

blog

मौरीको घार वितरण गरिँदै । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, चैत ९ गते । महालक्ष्मी नगरपालिकाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका  व्यक्ति तथा परिवारका सदस्यलाई मौरीपालनसम्बन्धी पाँचदिने आधारभूत तालिम सुरु भएको छ ।  

महालक्ष्मी नगर समृद्धिको आधार कृषि, व्यापार, पर्यटन र पूर्वाधार भन्ने नाराका साथ महालक्ष्मी नगरपालिका मौरी पालनका लागि उपयुक्त भूगोल रहेकाले पालिकाले माहुरी पालनसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै आएको हो । 

अपाङ्गता भएका व्यक्ति या परिवारका सदस्यलाई स्वावलम्बी भई आयआर्जन गर्न सकुन् भनेर सायिक बनाउने उद्देश्यका साथ उद्यम सञ्चालन सहज रुपमा बल प्रयोग नगरी गर्न सकिने भएकाले तालिम सञ्चालन गरेको महालक्ष्मी नगरपालिकाका नगरप्रमुख ध्रुवराज रायाले बताउनुभयो ।

दश जना स्थानीयको सहभागिता रहेको सो तालिम फागुन २८ गतेबाट सुरु भई चैत २ गतेसम्म सञ्चालन गरिएको थियो । तालिमपश्चात् आफ्नै वडामा निर्माण गरेका माहुरीघार उपलब्ध गराएका छौं, नगरप्रमुख रायाले भन्नुभयो, “मौरीको गोलासहितको घार, घुम्ती टोपी, रानी गेट, हुल समाउने झोला लगायतका सामग्रीसमेत वितरण गरिएको छ ।

महालक्ष्मी नगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा तालिम सञ्चालन गरी सीप र रोजगारसँग जोडी आयआर्जनमा जोडेर प्रविधि मेत हस्तान्तरण गरेको महालक्ष्मी नगरपालिकाका उपप्रमुखले जानकारी दिनुभयो । तालिममा सीप सिकेर व्यवसाय सुरु गर्न सक्षम भएकोमा अपाङ्गता भएका परिवारमा खुसी छाएको छ ।