• १३ साउन २०८१, आइतबार

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

blog

काठमाडौं, चैत १४ गते ।  सरकारले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड १९ र रुघाखोकीका लक्षण मिल्दा जुल्दा हुने हुँदा कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

ज्वरो आउने, खोकी लागने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहाँ नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिए बेवास्ता नगरी  जनस्वास्थ्यका मापदण्डा पूर्णपालना गर्न मन्त्रालयको सुझाब छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शून्यमा झरेको कोरोना सङ्क्रमण सोमबार १२ सय ६६ जनाको परीक्षण गर्दा ६९ जनामा पुष्टि भएको छ । त्यस्तै, मङ्गलबार १४ सय २९ जनामा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको थियो । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ ।