• २९ चैत २०८२, आइतबार

'प्रेमको जीत' को भिडियो सार्वजनिक, आर्यन र अश्विनीको अभिनय

blog

काठमाडौँ, चैत २९ गते । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रेम, रोमान्स र विरहका भाव समेटिएको यस गीतमा अभिनेता आर्यन सिग्देलको मुख्य अभिनय रहेको छ।

चलचित्रकै शैलीमा तयार पारिएको यस भिडियोमा अभिनेता सिग्देलका साथै गायक स्वयं शंकर श्रेष्ठ र मोडल अश्विनी शाहीको भूमिका देख्न सकिन्छ। करिब आठ मिनेट लामो वियोगान्त गीतलाई निर्देशक केशवराज भट्टले बलिउड शैलीमा चित्रण गर्नुभएको छ। भिडियोमा मोडल शाहीलाई विशेष आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

लिखु सहयात्रीको शब्द तथा सङ्गीत रहेको यस गीतमा विषम आचार्यको सङ्गीत संयोजन, मिश्रण र मास्टरिङ रहेको छ। करण चैसिरले छायाङ्कन गर्नुभएको यस भिडियोको सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गर्नुभएको हो। भिडियो गायक श्रेष्ठकै आधिकारिक युट्युब च्यानल 'शंकर श्रेष्ठ' मार्फत बजारमा ल्याइएको छ।