• २९ चैत २०८२, आइतबार

राष्ट्रपतिसँग राष्ट्रिय सभाका अध्यक्षको भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर

काठमाडौँ, चैत २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराउनुभएको थियो । 

साथै उहाँहरूबिच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस