• २९ चैत २०८२, आइतबार

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

blog

सुजल श्रेष्ठ

प्यूठान, चैत २९ गते । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका–५ रम्दीबेँसी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

माण्डवी गाउँपालिका–५, सिख्रे निवासी ४८ वर्षीय यामबहादुर घर्तीको उपचारको क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ना. ८ प. २४२६ नम्बरको टिप्परले लु. ५१ प. २०९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ ।