• २९ चैत २०८२, आइतबार

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

blog

नवलपुर पुग्नुभएका गृहमन्त्री सुधन गुरुङ । तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

चितवन, चैत २९ गते । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरातमा चितवन पुग्नुभएका मन्त्री गुरुङ आइतबार दिउँसो नवलपुर पुग्नुभएको हो । 

यसअघि उहाँले भरतपुरमा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गर्नुभएको छ । 

चितवन पुग्दा गृहमन्त्री गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक, प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापा र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक एकनारायण कोइराला लगायतको उपस्थिति रहेको थियो ।

आइतबार बिहान रास्वपा चितवनका सभापति कृष्ण भुसाल र भरतपुर महानगर सभापति सीता ज्ञवालीले उहाँलाई भरतपुरमा स्वागत गर्नुभएको थियो ।