• १३ साउन २०८१, आइतबार

महानगरले खुलामञ्चमा पस्न दिएन

१२ दिन पैदल हिँडेर मिटरब्याज पीडित खुलामञ्चमा (फोटो फिचर)

blog

खुलामञ्च अगाडिको सडकमा धर्ना दिँदै मिटरब्याज पीडित । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत १३ गते । काठमाडौं आइपुगेका मिटरब्याजी पीडित सोमबार अपराह्न खुलामञ्च क्षेत्रमा पुगेका छन् ।

चैत २ गते महोत्तरीबाट चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित आइतबार काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेका उनीहरू सोमबार खुलामञ्चमा बस्ने तयारीमा थिए । काठमाडौं महानगरपालिकाले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न नदिएपछि सडकमा धर्ना दिएर बसेका छन् । 

मिटरब्याजी पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी परिचालन गरेको हो ।