• १३ असोज २०८१, आइतबार

गोरखापत्रकर्मी उपाध्यायलाई पत्रकारितामा ‘गोल्ड मेडल’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा दिक्षित हुँदै गोरखापत्रकर्मी लक्ष्मीप्रसाद उपाध्याय । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत १९ गते । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विभिन्न विषयमा विद्यार्थीलाई दीक्षित गर्नुभएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरको गोठगाउँमा आयोजित ११ औँ दीक्षान्त समारोहमा कुलपति दाहालले विद्यार्थीलाई दीक्षित गर्नुभएको हो । 

वातावरण पत्रकारितामा सक्रिय गोरखापत्रकर्मी लक्ष्मीप्रसाद उपाध्याय पूर्वाञ्चल विश्वविद्यालयले प्रदान गर्ने आमसञ्चार तथा पत्रकारिता विषयमा गोल्ड मेडलले दीक्षित हुनुभएको छ । 

आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर तहमा सर्वोकृष्ट अङ्क प्राप्त गरेका पत्रकार उपाध्यायले विश्वविद्यालयद्वारा प्रदान गरिने ओमप्रकाश गोयल गोल्ड मेडल प्राप्त गर्नुभयो ।  

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको गोठगाउँमा आयोजित दीक्षान्त समारोहमा उपाध्यायलाई दीक्षित गर्नुभयो । उपाध्याय गोरखापत्र दैनिकमा उपसम्पादक हुनुहुन्छ । विगत दुई दशकदेखि वातावरण, ऊर्जा, संरक्षण तथा विकासका क्षेत्रमा उहाँले कलम चलाउँदै आउनुभएको छ ।  

त्यसैगरी विश्वविद्यालयको दीक्षान्त समारोहमा पब्लिक हेल्थको स्नातकोत्तर तहमा सर्वाेष्ट अङ्क ल्याउने राजीव रिजाल दुष्सु क्षेत्री गोल्ड मेडलबाट, व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा सुनैया श्रेष्ठ हंसराज गोल्छा गोल्ड मेडलबाट दीक्षित हुनुभयो । 

यस्तै, शिक्षा सङ्कायमा प्रह्लादकुमार राजपुरिया हिमादेवी सिटौला गोल्ड मेडल, इन्जिनियरिङ विषयका दिनेश शाखाकर्मी नारायणप्रसाद कोइराला गोल्ड मेडलबाट र होटल व्यवस्थापन विषयको स्नातकोत्तर तहमा सर्वोकृष्ट अङ्क ल्याउने कविता डङ्गोल मदनलाल अग्रवाल गोल्ड मेडलबाट दीक्षित हुनुभयो ।  दीक्षान्त समारोहमा विभिन्न विषयमा स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पनि सो अवसरमा दीक्षित गरिएको थियो ।