गोरखापत्र अनलाइन
काठमाडौं, चैत २३ गते । सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरिएको छ । न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा साझा कार्यक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले केहीबेरअघि हस्तान्तरण गर्नुभएको हो ।
मस्यौदा कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र नेकपा (एस) बाट डा. विजय पौडेल सदस्य रहनुभएको थियो । उहाँहरुले मस्यौदा तयार गरी सत्ता गठबन्धन दलको बैठकमा प्रस्तुत गर्नुभएपछि आज विहान बसेको बैठकले पारित गरेको थियो ।