• २२ वैशाख २०८२, सोमबार

नेपाल–चीन सहकार्य सबल बनाउन छलफल

blog

काठमाडौँ, चैत २४ गते ।  परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री छिन क्याङसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठकमा सहभागी हुन उहाँ चीन पुग्नुभएको हो । 

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाल–चीनबीचको आपसी सहकार्यलाई सबल बनाउने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, विकास साझेदारी, व्यापार तथा पारवहन, लगानी र पर्यटनमा सम्भावित साझेदारीका साथै अहिलेसम्म भएका प्रगतिका विषयमा पनि सो भेटमा छलफल भएको छ । 

द्विपक्षीय संयन्त्रको बैठक शुक्रबार बस्दै छ । त्यसको तयारीका लागि सचिव पौड्याल बुधबार चीन जानुभएको हो ।