शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ३० गते । नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत १५ लाखभन्दा बढी मात्रा कोरोनाविरुद्धको फाइजर खोप प्रदान गरिएको छ । नेपालका लागि युरोपेली सङ्घका राजदूत नोडा डेप्रेजले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त खोप हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अस्ट्रियाबाट चार लाख ३२० मात्रा, चेक रिपब्लिकबाट तीन लाख ६२ हजार ८८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार ८४० मात्रा, ग्रीसबाट तीन लाख ४८ हजार ४८० मात्रा र इटालीबाट एक लाख ९५ हजार ८४० मात्रा गरी कुल १५ लाख तीन हजार ३६० मात्रा खोप हस्तान्तरण गरिएको हो ।