• १३ असोज २०८१, आइतबार

नयाँ बर्षको अवसरमा कोप्चे फेस्टिवल

blog

फेष्टिबलको उदघाटन गरिदै । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे

हिले, बैसाख १ गते । नेपाली नयाँ बर्षको अबसर पारेर धनकुटामा कोप्चे फेस्टिवल सुरु भएको छ । धनकुटा नगारपालिका –५ स्थित बिहीबारे हटियामा आजदेखि वैशाख ३ गते सम्म ३ दिन प्रथम कोप्चे फेस्टिवल सुरु भएको हो । 

सामाजिक विकासका लागि युवाहरुको प्रयासले तीन दिने फेष्टिवलको आयोजना गरेको छ ।    नयाँ वर्ष २०८० को अवसर पारेर यस क्षेत्रमा बसोबास गर्ने मुख्य समुदाय नेवारी र नेपालको धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको विभिन्न मौलीक खानाका स्टल, जातीय संस्कृति झल्काउने कला संस्कृति, भेषभुषा रहनसहन, नृत्य तथा सांगितिक प्रस्तुति र धनकुटाका पुराना तस्विर प्रदर्शनी गरिएको छ । 

त्यस्तै सन्देसमुलक चलचित्र प्रदर्शन गरी यस क्षेत्रको सौन्दर्यकरण गरिएको आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपाकिाका प्रमुख चिन्तन तामाङले फेष्टिबुलको उदघाटन गर्नुभयो । कोप्चे कुनै बेला प्रशासनिक क्षेत्रको रुपमा रहेकाले अब सोच र व्यवसायलाई परिर्वतन गरी पर्यटकीय नगरको रुपमा विकास गर्ने उहाँले बताउनुभयो । 

धनकुटाको कोप्चेलाई पर्यटकी स्थलको रुपमा विकास गरी आर्थिक पाटो बलियो बनाउनु पर्ने, नेपालको कुनै पनि ठाउँमा ओरेन्ज सिटि नभएकाले यसलाई पर्यटक भित्र्याएर आर्थिक विकास गर्नुपर्ने, होमस्टे सञ्चालन गर्नुपर्ने र यसका लागि नगरले बजेट बनाउने र व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताउनुभयो । 

फेष्टिवलमा १५ वटा स्टल राखिएका छन् । करिब २० हजार पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको आयोजक सामाजिक विकासका लागि युवाहरुको प्रयासकाले जानकारी दिएको छ । धनकुटा नगारपालिका –५, स्थित तल्लो र माथिल्लो कोप्चे कुनैबेला पुरानो बजारका रुपामा मात्र नभई प्यापारिक केन्द्रका रुपमा चिनिने गरिन्थ्यो । 

पछिल्लो समय विकास बढेसँगै यस ठाउँको चहपहल र व्यापार व्यावसाय समेत शून्य भएकाले यसलाई जागरण गराउने उद्देश्यले तीन दिने फेस्टिवलको आयोजना गरिएको आयोजकले जनाएको छ ।