• १३ साउन २०८१, आइतबार

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा सुरु भएको संवैधानिक परिषद्को बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख ६ गते । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बिहान सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने छ । लामो समयसम्म न्यायालय कायममुकायमको नेतृत्वमा रहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताबीच सहमति भएको थियो ।

सोमबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार आज बैठक बसेको हो ।

बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुहुन्छ ।