• १३ साउन २०८१, आइतबार

नेपाल प्रज्ञा प्रतिष्ठानको ३९ औं प्रज्ञा सभा

समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्छ : संस्कृतिमन्त्री

blog

नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ औं प्राज्ञसभालाई सम्बोधन गर्नुहुँदै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती

काठमाडौं, वैशाख ५ गते । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ औँ प्राज्ञ सभालाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो। 

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य, भाषाभाषी,संस्कृतिको प्राज्ञिक खोज–अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्ने बताउनु भयो । 

यसैगरी, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा हो भन्नुभयो 

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाको उत्थान र विकासमा जोड दिँदै नेपाल प्रज्ञाप्रतिष्ठानसँग सधैँ समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँले स्रष्टाहरूको प्रतिलिपि अधिकार सुरक्षित गर्नेमा आफू तत्पर छु भन्नुभयो । 


प्राज्ञ सभाको उद्घाटन सत्रलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले प्राज्ञिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि आफू लागि पर्ने बताउनुभयो।

त्यस्तै,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्माले एक आपसमा सांस्कृतिक क्षेत्रको उन्नयन र  सहकार्यका लागि आफ्नो प्रतिबद्धता जनाउनु भयो ।  

नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो ३९औँ प्राज्ञ सभा सम्पन्न गरेको छ ।