• १३ साउन २०८१, आइतबार

दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु

blog

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि दिल्ली जाने क्रममा काठमाडौंमा । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौं, वैशाख ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार सुरु भएको छ । 

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा.पुनीत मिश्रको टोली संलग्न रहेको जानकारी राष्ट्रपतिका स्वास्थ्य विज्ञ डा. निरज बमले दिनुभयो । 

राष्ट्रपति पौडेलको स्वास्थ्यमा लगातार समस्या आएपछि बुधबार बिहान १० बजे श्री एयरलाईन्सको विमानबाट दिल्ली लगिएको हो । उहाँको छातीमा पीडा रहनुका साथै श्वास प्रश्वासमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।