• १३ साउन २०८१, आइतबार

उपनिर्वाचनको मतदान अपडेट

चितवन क्षेत्र २ मा ४७ प्रतिशत मत खस्यो

blog

मतदानका लागि लामबद्ध मतदाताहरु । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । चितवन क्षेत्र नंम्बर २ मा आइतबार बिहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जानकारी दिनुभयो । 

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको उहाँले जानकारी दिनुभयो । अपराह्न १२ बजेदेखि भने भरतपुर महानगरपालिकाको वडा –११ नयाँ किरण मावि स्थलमा विवाद भएका कारण केही समय रोकिएको छ । अन्य स्थानमा भने शान्तिपूर्ण रूपले मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र २ अन्तर्गत ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो । 

चितवन –२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता छन् । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।