शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, वैशाख ६ गते । जिल्ला समन्वय समिति हुम्लाका सदस्य कर्णबहादुर शाहीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित शाहीको आइतबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
चङ्खेली गाउँपालिका–४, पिप्लाङ स्थायी ठेगाना भएका शाहीको निधन भएको उनका छोरा दन्तबहादुर शाहीले जानकारी दिनुभयो । ७० वर्षको उमेरमा उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
नेपालगन्जस्थित मेडिकल कलेजमा उपचारपछि चिकित्सकको सल्लाहअनुसार उहाँ कोहलपुरस्थित घरमा औषधि सेवन गर्दै बस्दै आउनुभएको थियो ।
हिन्दु परम्पराअनुसार शाहीको आजै बाँकेको राप्ती नदीमा अन्त्येष्टि गरिने भएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।