• ६ वैशाख २०८३, आइतबार

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

blog

अत्याधिक रक्तश्राव भएकी २२ वर्षीया महिलाको हेलिकोप्टर मार्फत उद्धार । तस्बिर : प्रेमराज सिम्खडा

 प्रेमराज सिम्खडा 

कालीकोट, वैशाख  ६ गते । कालीकोट जिल्लाको विकट पलाँता गाउँपालिकाकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

शनिबार साँझ जिल्ला अस्पताल मान्म पुर्‍याइएकी पलाँता गाउँपालिका-९, थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई थप उपचारका लागि आइतबार हेलिकोप्टर मार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको हो ।

जिल्ला अस्पताल कालीकोटका डा. शुभनारायण ठाकुरले गर्भवती महिलाको अवस्था जटिल भएकोले रिफर गरिएको जानकारी दिनुभयो ।

डाक्टर शाहले भन्नुभयो, “उहाँको आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको हो ।”

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार  अत्यधिक रक्तस्राव भई जटिल समस्या देखिएपछि उहाँलाई सुर्खेत रिफर गरिएको हो ।

उहाँको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको हो ।