• १३ असोज २०८१, आइतबार

पाँचथरमा पिकअप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

blog

दुर्घटनामा परेका घाइतेको उद्धार गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल
फिदिम, वैशाख १० गते । 
पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ –८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा चालक छवि अधिकारीसहित पाँच जना घाइते भएका छन् । पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइते तीन जनालाई झापातर्फ रेफर उहाँले बताउनुभयो । बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

चालक छवि अधिकारी फालेलुङ गाउँपालिकाका –८ का वडा सदस्य पनि हुनुहुन्छ । प्रहरी प्रमुख खतिवडाले दुर्घटनाको कारण खुल्न नसकेको बताउनुभएको छ  ।