अख्तियार विधेयकको संशोधनमा ‘कपी पेस्ट’
विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ । शब्द, शब्दावली मात्र हैन अनुच्छेदको कमामा समेत कुनै फेरबदल छैन, ‘कपी एन्ड पेस्ट’जस्तो छ । त्यसरी संशोधन दर्ता गर्ने सांसदहरू पनि फरक फरक दलका हुनुहुन्छ ।
सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी
बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल नगर्दा दुई सरकारी निकायबीच द्वन्द्व सुरु भएको हो ।
बिद्यालयमा टिकाउन बिद्यार्थीलाई झोला वितरण
दुर्गम गाउँ भुननडाँडा, भुलुङखाले, किटिनी, भलार्खक, भरातीगाउँ, आरुखर्क, हर्रेडाँडाका बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण गरिएको छ । चौतारा साँगचोकगढी नगरपालिका –३ स्थित श्री दक्षिणकाली माध्यमिक बिद्यालयका एक सय २० जना छात्रछात्रालाई झोला बितरण गरिएको सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक कटुवालले जानकारी दिनुभयो ।
आविष्कारका क्षेत्रमा लगानी गर्ने सहमति भयो : उपप्रधानमन्त्री खड्का
नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकामा महिनादेखि तालाबन्दी, तीन अधिकृत फेरिए
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज एक महिनादेखि ठप्प भएको छ । नगरपालिका कार्यालयमा गएको चैत १५ गते जनप्रतिनिधि र विभिन्न दलका नेताहरुको नेतृत्वमा सर्वदलीय सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो । एक महिना बितिसक्दा पनि तालाबन्दी खुलेको छैन ।
सहायक श्रीमान डकुमेन्ट्रीले पायो एक करोड ३० लाख रुपियाँ
नेपालको बहुपति प्रथा बारेमा जानकारी गराउने गरी निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हसबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपियाँको सहयोग प्राप्त गरेको छ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित को–हसबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपियाँ) फिल्म फण्डिङ प्राप्त गरेको हो ।
सेवाग्राहीलाई गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
खार्पुनाथ गाउँपालिकाले आफ्ना गाउँपालिकाका स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेभएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुगाएर सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सो सेवा प्रदान गर्नेभएको हो ।
सरकार र महावीर पुनबीच सात बुँदे सहमति
सहमतिमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष पुनले हस्ताक्षर गर्नुभएको छ ।
मापदण्ड पूरा भएकाको घरजग्गा नक्सापास दिने
गुल्मीको सदरमुकाम तम्घास बजारमा मापदण्ड पूरा भएका घरजग्गाको रेसुङ्गा नगरपालिकाले नक्सापास दिने भएको छ ।
सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी
नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ।
‘निजी क्षेत्रसँग सहकार्य गरेरै आर्थिक समृद्धि कायम हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक रूपले गति लिन नसक्ने बताउनुभएको छ ।
डण्डा नदी किनारमा हरियाली पर्यटकीय पार्क निर्माण
रुपन्देहीको डण्डा नदी किनारमा रहेको खाडललाई पुरेर पर्यटकीय पार्क बनाउन लागिएको छ । सिद्धार्थनगर नगरपालिकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना औँल्याउँदै पार्क निर्माण अघि बढाइएको हो ।
वन क्षेत्र कब्जा गरी बनाइएका घर टहरामाथि डोजर चल्यो
कैलालीको अत्तरियामा अतिक्रमित वनक्षेत्र खाली गरिएको छ । गोदावरी नगरपालिका –३ अत्तरियास्थित चौकीडाँडामा अतिक्रमित क्षेत्र खाली गराउन वन कार्यालयले सोमबार डोजर चलाएको हो ।
बाँकेमा एक महिलाको रहस्यमय मृत्यु, तीन जना पक्राउ
बाँकेको कोहलपुर नगरपालिका –२ बर्दहवामा एक महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल टेलिकमको फोर जी सेवा बरगाउँमा सञ्चालन
नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको हो ।
सङ्घीय संसद्को दुई सचिवमा पाण्डेय र अर्याल सिफारिस
सङ्घीय संसद्को दुई सदनका सचिव सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आआफ्नो सदनको सचिव सिफारिस गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । संविधानको धारा १०६ मा सभामुखको सिफारिसमा प्रतिनिधि सभा र अध्यक्षको सिफारिसमा राष्ट्रिय सभा सचिव नियुक्तका लागि सिफारिस हुने व्यवस्था छ । सिफारिसअनुसार राष्ट्रपतिबाट सचिव नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
एसएसपी बढुवामा असन्तुष्टि : तिम्सिनाको राजीनामा, गुरुङको चुनौती
नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा असन्तुष्टि देखिएको छ । बढुवा निष्पक्ष नभएको निष्कर्षसहित प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिनुभएको छ । अर्का प्रहरी उपरीक्षक नान्तिराम गुरुङले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाइल सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती दिनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिका सदस्य सचिव सन्दीप भण्डारी नेतृत्वको समितिले वैशाख १५ गते १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
नीति फेरिए, श्रमिकको व्यथा उस्तै
आज मे १, अन्तर्राष्ट्रिय १३४औँ श्रमिक दिवस । यस वर्षको मे दिवसमा ‘उज्ज्वल भविष्यका लागि मिलेर काम गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । नेपालसहित विश्वमा श्रमिकले उत्सवका रूपमा मनाइने पर्व पनि हो । विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर श्रमिक दिवस मनाइन्छ । नेपालमा सङ्गठित क्षेत्रका श्रमिकका लागि सार्वजनिक बिदा दिइएको छ तर नेपालमै पनि असङ्गठित क्षेत्रका काम गर्ने श्रमिक भने यो दिवसबारे बेखबर छन् । नेपालको ठूलो श्रमशक्ति विदेशमा छन् ।
बहत्तर हजार वैदेशिक श्रमिक आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्न सुरु गरेको एक महिनामा ७२ हजार ३९३ श्रमिक सूचीकरण भएका छन्। वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई चैत ८ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न सुरु गरिएको थियो।
विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन निर्देशन
काठमाडौँ महानगरपालिकाले विद्यालयको चिह्न र नाममा एकरूपता नल्याए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मौलिक र मापदण्डअनुरूप रहन सबै विद्यालयलाई आग्रह गर्दै नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने चेतावनी दिनुभएको हो ।
पाठ्यपुस्तक छपाइका लागि कागज खरिद
आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइका लागि आइतबार कागज खरिदका लागि टेन्डर आह्वान भएको छ । जनक शिक्षा सामग्री केन्द्रले पहिलो चरणमा तीन हजार मेट्रिक टन कागज खरिदका लागि टेन्डर आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले विगतमा नयाँ शैक्षिक सत्रका लागि साउन–भदौतिर मात्र कागज खरिदको प्रक्रिया थालिने गरेको बताउँदै भन्नुभयो, “२०८१ को शैक्षिक सत्रका लागि आगामी जेठदेखि पाठ्यपुस्तक छपाइ कार्य सुरु गर्दै छौँ । सरकारले कक्षा १–१२ कै छपाइको जिम्मा हामीलाई दिएमा त्यो अभिभारा पूरा गर्न सक्छौँ ।”
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना : सामुदायिकमा थेगिनसक्नु
केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्काे दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा पनि अभिभावक र विद्यार्थीको आकर्षण तिनै सामुदायिक विद्यालयप्रति रहँदै आएको छ। यसले सामुदायिक विद्यालयप्रतिको छवि सुध्रिँदै गएको सङ्केत गरेको छ।
आगो लगाएर सम्पदा क्षेत्रको सफाइ
राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।
लोकसेवाले पुनः दरखास्त आह्वान गर्ने
लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने भएको हो।