चित्र मिजार
सिन्धुपाल्चोक, बैशाख १८ गते । दुर्गम गाउँ भुननडाँडा, भुलुङखाले, किटिनी, भलार्खक, भरातीगाउँ, आरुखर्क, हर्रेडाँडाका बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण गरिएको छ । चौतारा साँगचोकगढी नगरपालिका –३ स्थित श्री दक्षिणकाली माध्यमिक बिद्यालयका एक सय २० जना छात्रछात्रालाई झोला बितरण गरिएको सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक कटुवालले जानकारी दिनुभयो ।
समाजसेवी तथा युवा पर्यटन ब्यबसायी रमेश थापाले बिद्यार्थीलाई ब्यक्तिगत खर्चमा ब्याग बितरण गर्नुभएको हो । शिक्षाप्रेमी समेत रहनुभएका थापाले उक्त बिद्यालयको गुणास्तरीय शिक्षाका लागि केही समयअघि एक लाख ११ हजार १११ रुपियाँ सहयोग गर्नुभएको थियो ।