• ९ वैशाख २०८३, बुधबार

बायर्न बुन्डेसलिगा च्याम्पियन

blog

तस्बिर साभार : बायर्नको फेसबुकबाट

काठमाडौँ, वैशाख ७ गते । बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । लगातार तेस्रो पटक लिग च्याम्पियन बनेको बायर्नको यो र्कीतिमानी ३५औँ बुन्सडेलिगा उपाधि हो । 

आइतबार राति भएको खेलमा जर्मन महारथी बायर्नले भिएफबी स्टुटगार्टलाई ४–२ गोलले हरायो । घरेलु मैदान आलियान्ज अरिनामा बार्यनलाई जिताउन राफायल ग्वरेरो, निकोलस ज्याक्सन, अल्फन्सो डेभिज र ह्यारी केनले गोल गर्नुभयो ।

स्टुटगार्टका लागि क्रिस फ्युरिच र चेमा आन्द्रेसले गर्नुभएको गोल सान्त्वना बन्यो । जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग १५ अङ्कको अग्रता बनायो । एजेन्सी