स्टाफ नर्स अनुपमा श्रेष्ठ मृत्यु प्रकरण : बाबुछोरा प्रहरी नियन्त्रणमा
वीर अस्पतालमा कार्यरत नर्स अनुपमा श्रेष्ठलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाललाई नियन्त्रणमा लिएको छ । अनुपमाले गत शनिबार ढकालको घर बोहोराटारमा पुगी आत्महत्या गर्नुभएको थियो । घटनास्थलमा प्राप्त सुसाइड नोटअनुसार कान्ति बाल अस्पतालका चिकित्सक ढकाल र अनुपमाबीच लामो समयसम्म प्रेम सम्बन्ध थियो ।
मिटरब्याज पीडितका समस्या : अध्यादेश ल्याएर समाधान गरिने
सरकारले मिटरब्याजीबाट पीडित नागरिकको माग सम्बोधन गर्न अध्यादेश ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिटरब्याजीको समस्या छिटोभन्दा छिटो समाधानका लागि कानुनी व्यवस्था गर्न मन्त्रीपरिषद् बैठकबाट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको’ बताउनुभयो।
पुरातात्त्विक सम्पदा मासेर संरचना निर्माण
भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ । २०७० सालमा इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गर्नुभएको थियो । अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् ।
हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता
दार्चुलामा हिमपहिरोमा परेर मंगलबार दिउँसो २:४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
गोही संरक्षणका लागि घडियाल काव्य उत्सव
अति सङ्कटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नवलपुरको रजहरमा घडियाल काव्य उत्सव गर्न लागिएको छ । ‘प्रकृतिसँग साहित्य, घडियाल काव्य उत्सव’ वैशाख २२ र २३ गते गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
मिटरब्याजी पीडित सहायता कक्ष सञ्चालनमा
जिल्ला प्रशासन कार्यालय सप्तरीले मिटरब्याजी पीडितको समस्या सुन्न र आवेदन लिन छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
मिटरब्याज समस्या सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ।
स्मरणयोग्य काम गर्न नेता सिंहको आग्रह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशका लागि मरेर पनि जीवित नाम रहनेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।
चितुवा आतङ्कले बढायो वनमा डढेलो
तनहुँका चितुवा आतङ्कले वन डढेलो बढेको छ । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको हो ।
स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित
संयन्त्र सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बेतनाले आठौँ स्थापना दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र व्यक्तिलाई सम्मानित गरेको छ ।
जमिन भासिँदा पुलमा दुर्घटना जोखिम
कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएर ठूलो दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका –४ र ६ को सिमानामा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको हो ।
निर्माण कार्य सम्पन्न नभएपछि सम्झौता तोड्ने तयारी
दैनिक हर्जाना लगाएर समेत काम सुरु गराउँदा पनि सन्तोषजनक निर्माण कार्य अघि नबढेपछि बाँकेको खजुरामा निर्माणाधीन चार लेन सडकको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढेको छ ।
सहभागीद्वारा रकम लगानी गर्न अस्वीकार
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाई कटाई तालिमका सहभागी महिलाले सिलाई मेशिनलगायतका उपकरणका लागि २० प्रतिशत लगानी गर्न नमानेपछि समस्या देखिएको छ ।
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपियाँ) बराबर ऋण निकासा दिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ ।
प्रज्ञा प्रतिष्ठानलाई साझा थलो बनाइने
रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् रारा तालबाट पाँच बुँदे रारा घोषणापत्र जारी गरेको छ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराकासाथ रारा तालको किनारामा पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
‘सुशासन कायम गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेण्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
पूर्वलडाकुलाई किस्ताबन्दीमा रकम वितरण गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी लडाकुलाई वितरण गर्ने रकम किस्ताबन्दी रूपमा वितरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले देशमा देखिएको आर्थिक समस्याका कारण रकम किस्ताबन्दी रूपमा वितरण गर्न लागिएको स्पष्ट पार्नुभयो ।
रास्वपालाई सरकारमा लैजान छलफल गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित सरकारमा सहभागी दलहरूसँग रास्वपालाई सरकारमा ल्याउने सम्भावनाबारे छलफल गर्नुहुने भएको हो ।
सुडानबाट नेपालीको उद्धार जारी
नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा अधिकतम प्रयास गरिरहेको जनाएको छ । पछिल्लो समय सुडानमा उत्पन्न युद्धको अवस्थाले त्यहाँ रहेका नेपाली नागरिकको जीवनमा बढेको असुरक्षालाई ध्यानमा राख्दै सबै तरहको कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर उद्धारको पहल गरिरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।
सिमानामा सीसीटीभीबाट निगरानी
सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ। २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।
आयव्यय नबुझाउने २२ दललाई कारबाही हुने
निर्वाचन आयोगमा समयसीमाभित्र ८३ वटा राजनीतिक दलले मात्रै लेखा परीक्षणसहितको आयव्ययको विवरण बुझाएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या भने ११६ छ। बाँकी ३३ मध्ये आठवटाले ढिला गरी बुझाएका छन्। २०७८/७९ मा दर्ता भएका तीनवटा दलले भने अहिले बुझाउनु पर्दैन। बाँकी २२ वटा दल आयोगको कारबाही प्रक्रियामा छन्।
बढ्यो चिकित्सकको शुल्क
चिकित्सकहरूको परामर्श (ओपीडी) शुल्कमा पुनरवलोकन गरिएको छ। जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूको योग्यताका आधारमा नयाँ शुल्क पुनरवलोकन गरिएको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दुई वर्षअगाडि नै मन्त्रालयले चिकित्सक सङ्घलाई दुई–दुई वर्षमा शुल्क पुनरवलोकन हुनेगरी सहमति दिइसकेको बताउनुभयो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन (अफिन)को संयुक्त बैठकले शुल्क पुनरवलोकन गरी बढाउने निर्णय गरेको हो।