लाइसेन्स छपाइमा पुनः ढिला
छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ। एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ। यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ।
कोभिड–१९सङ्कटकाल अन्त्य
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ । सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको हो । सङ्गठनको आपत्कालीन समितिको १५औँ बैठकले जनस्वास्थ्य सङ्कटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो । सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताउनुभएको छ । सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो ।
मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव
सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेको विधेयकमा २१ वटा संशोधन दर्ता भएका छन् । अधिकांश सांसदले मुद्दा चलाउने अवधि (हदम्याद) हटाउन संशोधन दर्ता गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का सांसदहरूले उक्त संशोधन दर्ता गर्नुभएको छ ।
डुङ्गा नचल्दा समस्या
महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ । नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको पञ्चेश्वरमा पुल नहुँदा डुङ्गाबाट दुई देशका नागरिक सीमा वारि–पारि गर्दै आएका छन् । कोरोना महामारीका बेला २०७६ साल चैतमा डुङ्गा चल्न बन्द भयो । त्यसयता पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दु–विनायक घाटमा भारतीय सीमा सुरक्षा बलले डुङ्गा चल्न दिएको छैन । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले महाकाली नदी तर्ने डुङ्गा बन्द हुँदा धार्मिक पूजाआजा, वैवाहिक कार्य, औषधोपचारलगायतका काममा बाधा परेको बताउनुभयो ।
भट्टराई, तामाङ र थापालाई उत्कृष्ट पत्रकार–कर्मचारी सम्मान
गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।
घर निर्माण गर्ने क्रममा पुरिएर चारजनाको मृत्यु
इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको छ ।
डाङ्ग्रे सारौंको ‘ब्रिडिङ’ सिजन सुरु
हाम्रै घर वरिपरि पाइने डाङ्ग्रे सारौं चराको यतिबेला ‘ब्रिडिङ सिजन’ (प्रजनन समय) चलिरहेको छ । परिवार वृद्धिका लागि यी प्रजातिका चरा अहिले मानव बस्ती नजिकका रुख, विद्युतको पोल, गुज्जमुज्ज भएको तार लगायत स्थानमा गुँड बनाइरहेका छन् । डाङ्ग्रे सारौं गाउँघरमा पाइने सामान्य अवस्थाका चरा प्रजाति हुन ।
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
२४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा
नेपालमा २४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १६२ जना सक्रिय सङ्क्रमितमध्ये २४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
कमजोर अर्थतन्त्रको मार मजदुरमाथि परेको गुनासो
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीको शुक्रबार बुटवलमा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटनसत्रमा बक्ताहरुले मुलुकको कमजोर अर्थतन्त्रको मारमा मजदुर परेको बताएका हुन् ।
वाप्लुखा प्रहरी चौकी १२ वर्षदेखि आमा समूहको जीर्ण भवनमा
खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकी जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । विगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरी चौकीको अहिलेसम्म आफ्नै भवन छैन ।
विदाको दिनमै जिल्ला प्रशासनबाट सेवा पाउँदा दंग
पुतलीबजार नगरपालिका ७ का ४८ वर्षीय कृष्णप्रसाद पौडेलले विदाको दिनमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सेवा पाउँदा दंग पर्नुभएको छ ।
हेलिकोप्टर दुर्घटना क्षेत्रमा उद्धार टोली पुग्यो, पाँच घाइते
संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
गण्डकी सरकारलाई पूर्णता दिने तयारी
प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाउनुभएको थियो ।
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?
धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो ।
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी
संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
६ दिनपछि नेपालगञ्ज–हुम्ला हवाई उडान सुचारु
निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ ।
दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरमा कार्यदल गठन
दाइजो प्रथाकै कारण गरिब र विपन्नका छोरीहरुको विवाहमा समस्या भएकाले यसको अवस्थाबारे अध्ययन गरेर सुझाव प्रस्तुत गर्न नेपालगञ्ज उपमहानगरपालिकाले कार्यदल गठन गरेको हो ।
मेलामा मनपरी मूल्य, उपभोक्ता निराश
सप्तरीको प्रसिद्ध मन्दिर शम्भुनाथमा लाग्ने एक महिने मेलामा पार्किङ्गदेखि मेलाका पसलमा बिक्री गरिने सामग्रीमा चर्को मूल्य लिने गरिएको स्थानीय उपभोक्ताको भनाइ छ । अफिसरदेखि सर्वसाधारण र युवा युवतीदेखि वृद्धसम्मको घुइँचो लाग्ने शम्भुनाथ मेलामा शनिवार अत्यधिक भीड लाग्नेगर्छ ।
सूचनाको हक लोकतन्त्रको प्राण हो: सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । यहाँस्थित राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुहुँदै सूचना विना मुलुककाे विकास सम्भव नभएकाे बताउनुभयाे ।
कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न पानीले हात धुन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ ।
स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितामा जोड
पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाली भूमिमा बुद्धको जन्म गर्वको विषय : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनुभएको छ ।
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।